दार्जिलिङ: पूर्व सैनिक अर्धसैनिक कल्याण संघ टर्जमद्वारा आयोजित टर्जम गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत आज भएको म्याचमा भा तकभर एफसी बिजय बनेको छ। पूर्व सैनिक अर्धसैनिक कल्याण संघ टर्जमद्वारा गत आईतबारदेखि शुरु भएको टर्जम गोल्डकप फुटबल प्रतियोगित अन्तर्गत आजको म्याच भा तकभर एफसी र विजनबारी एफसीमाझ सम्पन्न भयो। यस म्याचमा निर्धारित समयसम्म म्याच बराबर भएपछि पेनेल्टी शूट आउटमा भा तकभर एफसीले ४ को विरुद्ध ५ गोल गरेर विजय भएको छ।










