“हाम्रो गाउँ हाम्रो समाधान” अन्तर्गत खरसाङ नगरपालिकाको प्रत्येक बुथमा विकास कार्यहरु गरिने विषयमा सभा

खरसाङ: राज्य सरकारद्वारा “हाम्रो गाउँ हाम्रो समाधान” अन्तर्गत खरसाङ नगरपालिकाको प्रत्येक बुथमा १० लाख रुपियाँ गरेर विकास कार्यहरु गरिने विषयमा सभा सम्पन्न भएको छ। उक्त सभा सभासद श्याम शेर्पाको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा ‘हाम्रो गाउँ हाम्रो समाधान’ परियोजनाको लागि ९ वटा बुथहरुको विकास कार्यको टेन्डर गरेर ९ वटै बुथका प्रतिनिधित्वहरुलाई लिएर खरसाङ सार्वजनिक भवन पार्क लोकेशनमा सभा सम्पन्न भएको छ। सभामा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, युवा शक्ति खरसाङ महकुमा समितिको सभापति प्रेमेन्द्र गुरूङ, बीरबल पाख्रिन, सभासद श्याम शेर्पा लगायत अन्यहरुले सम्बोधन गरेका थिए। यस अवसरमा पूर्व नगरपालिका चेयरम्यान समीरदीप ब्लोन लगायत अन्यहरु उपस्थित रहेका थिए। सभालाई सम्बोधन गर्दै खरसाङ नगरपालिकाको‌ भाइस चेयरम्यान सुवास प्रधानले हाम्रो गाउँ हाम्रो समाधान अन्तर्गत खरसाङ नगरपालिकाको सबै वार्डवासीहरुको कतिपय असुविधाहरु र विकास कार्यलाई लिएर सभा आयोजना गरिएको बताएका छन्। उनले यस विषयमा सबैलाई जानकारी होस साथै सामुहिक रुपमा विकास कार्य होस् भनेर सभा आयोजना गरिएको जानकारी गराएका छन्। उनले अघि भने, ‘सबैजन समक्ष जानकारी पुगोस् भनेर यो सभा राखिएको हो।‌ अहिले विकासमूलक कार्यहरु भईरहेको र हाम्रो गाउँ हाम्रो समाधान अन्तर्गत विकासको कार्यहरु चलिरहेको छ अनि सबैलाई समेटेर कार्य शुरु गरिएको छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement