खरसाङ: खरसाङको सामी लाखाङ गुम्बामा बौध्द धर्म गुरु स्याङ्देन म्हेमे (चन्द्रवीर लामा) लाई श्रध्दाञ्जली अर्पण गर्नलाई पूजा आयोजना गरिएको छ। सामी लाखाङ गुम्बाको बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेको धर्म गुरु स्याङ्देन म्हेमेक (चन्द्रवीर लामा) लाई सिविटारको बाघमारा बस्तीमा पुगेर श्रध्दाञ्जली अर्पण गर्न नसक्नेहरुका लागि पूजाको आयोजना गरिएको जानकारी प्राप्त भएको छ। यस अवसरमा सामी लाखाङ गुम्बामा दुई घ्याम्सो बत्ती बालेर साथै म्हाणि मोलम गरेर श्रध्दाञ्जली अर्पण गरिएको छ। यस अवसरमा बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छे, उनकी पत्नी जोत्सना लामा लगायत अन्य भक्तजन उपस्थित रहेका थिए। उल्लेखनीय छ बौध्द धर्म गुरु स्याङ्देन म्हेमे उर्फ चन्द्रवीर लामाको निधन गत ९ अक्टोबरको राती १०४ वर्षको उमेरमा निधन भएको थियो। उनी बज्रयानाको प्रमुख बौध्द धर्म गुरु रहेका थिए। उनको शिष्यहरु नेपाल, सिक्किम, दार्जिलिङ, खरसाङ, सिलगढी, कालेबुङ लगायत विभिन्न स्थानहरुमा रहेका छन्। खरसाङको सामी लाखाङ गुम्बामा आयोजित पूजा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले आफ्नो धर्म गुरु स्याङ्देन म्हेमे (चन्द्रवीर लामा) लाई श्रध्दाञ्जली अर्पण गर्नलाई सिविटारको बाघमारा बस्ती जान नसक्नेहरुका लागि सामी लाखाङ गुम्बामा नै पूजाको आयोजना गरिएको जानकारी गराएका छन्। उनले स्याङ्देन म्हेमेलाई श्रध्दाञ्जली अर्पण गर्दै दुई घ्याम्सो बत्ती बालेर साथै म्हाणि मोलम गरेर श्रध्दाञ्जली अर्पण गरिएको बताएका छन्।










