दिपावली कपः रिम्बिक लोधोमा समष्टि, नमो बुद्ध एफसी र रेड हर्स विजयी

२५ सेप्टेम्बरः राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको बाह्रौं संस्करण शनिवारदेखि शुरु भयो। स्थानीय फेञ्चेटार खेल मैदानमा जारी सेभेन ए साइड फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा म्याच खेलियो। आज भएको पहिलो म्याचमा रिम्बिक लोधोमा समष्टिले दार्जीलिङ डायनामोलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमका स्ट्राईकर मेण्डिसलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी नै दोस्रो म्याचमा नमो बुद्ध एफसी-ले आमुक्त परिवारलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमका अभिषेक गुरुङलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी नै शनिवार भएको उद्घाटन म्याचमा नेपालको रेड हर्स (इलाम)-ले दार्जीलिङ पुलिसलाई टाईब्रेकरमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। यस टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २१ अक्टोबरमा खेलिने आयोजक राइजिंग स्टार स्पोर्टिंग क्लबका सचिव बिनोद छेत्रीले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement