सुल्तान अजलान शाह कपको निम्ति भारतीय हकी टीमको घोषणा

नयाँ दिल्ली: डिफेण्डर सञ्जयले ३१औं सुल्तान अजलान शाह कपमा भारतीय पुरुष हकी टीमको कप्तानी गर्नेछन् कारण नियमित कप्तान हरमनप्रीत सिंह सहित धेरै सीनियर खेलाड़ीहरूलाई २३-देखि ३० नोभेम्बरसम्म मलेशियाको इपोहमा हुने प्रतिष्ठित आमन्त्रण टुर्नामेण्टको निम्ति आराम दिइएको छ। भारतका २ जना सीनियर गोलकीपर कृष्ण बहादुर पाठक र सूरज करकेरालाई पनि आराम दिइएको छ। यी दुईको स्थानमा पवन र मोहित होनेनहल्ली शशिकुमारलाई टीममा चयन गरिएको छ। नियमित कप्तान हरमनप्रीतको साथमा अनुभवी मीडफिल्डर मनप्रीत सिंह र स्ट्राईकर मनदीप सिंहले पनि टुर्नामेण्टमा खेल्नेछैनन्। टीमको डिफेन्स लाइनमा सञ्जय, जुगराज सिंह र अमित रोहिदासको रूपमा ३ जना सीनियर खेलाड़ी रहनेछन्। टुर्नामेण्टको निम्ति स्ट्याण्डबाईको रूपमा वरुण कुमार, विष्णु कान्त सिंह, हार्दिक सिंह र अंगद बीर सिंहको चयन गरिएको छ। भारतीय टीमका मुख्य प्रशिक्षक क्रेग फुल्टनले भने, सुल्तान अजलान शाह कप सदा अन्तर्राष्ट्रिय हकी क्यालेण्डरमा महत्त्वपूर्ण टुर्नामेण्ट रहेको छ अनि हामी एउटा सन्तुलित टीमको साथ यसमा भाग लिन उत्साहित छौं। हामीलाई यस टुर्नामेण्टमा असल प्रदर्शनको आशा छ। भारतको पहिलो म्याच २३ नोभेम्बरमा दक्षिण कोरियाविरुद्ध रहेको छ। त्यसपछि बेल्जियम (२४ नोभेम्बर), आयोजक मलेशिया (२६ नोभेम्बर), न्यूजील्याण्ड (२७ नोभेम्बर) र कनाडा (२९ नोभेम्बर)-विरुद्ध म्याच रहेको छ। टुर्नामेण्ट राउण्ड-रोबिन प्रारूपमा खेलिनेछ अनि शीर्ष दुईवटा स्थानमा रहने टीमले फाइनलको निम्ति क्वालीफाई गर्नेछ। भारतले अन्तिमपल्ट २०१०-मा सुल्तान अजलान शाह कप जितेको थियो अनि २०१९-मा टीम उपविजेता रहेको थियो।

सुल्तान अजलान शाह कप हकी टुर्नामेण्टको निम्ति भारतीय टीम यसप्रकार छः

गोलकीपरः पवन, मोहित शशिकुमार।

डिफेण्डरः चन्दूरा बबी, नीलम सञ्जीप जेस, यशदीप सिवाच, सञ्जय, जुगराज सिंह, अमित रोहिदास।

मीडफिल्डरः राजिन्दर सिंह, राज कुमार पाल, नीलकान्त शर्मा, मोइराङथेम सिंह, विवेक सागर प्रसाद, मोहम्मद राहील मौसीन।

फरवर्डः सुखजीत सिंह, शिलानन्द लाकड़ा, सेल्वम कार्थी, आदित्य अर्जुन लालगे, दिलप्रीत सिंह, अभिषेक।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement