जिल्लास्तरीय अखिल सिक्किम मुख्यमन्त्री फुटबल टुर्नामेन्टको उपाधी पाकिम युनाइटेडकाे नाम

IMG_20220925_234551.jpg

पाकिम: पाकिम युनाइटेडले जिल्लास्तरीय अखिल सिक्किम मुख्यमन्त्री फुटबल टुर्नामेन्टको उपाधी आफ्नो नाम गरेको छ। सन्त जेभियर्स स्कूलको खेल मैदानमा आज सम्पन्न भएको फाइनल अन्तर्गत ग्रुप ‘ए’ मा पाकिम युनाइटेड र ग्रुप ‘बी’ मा रिगु स्पोर्टिङ क्लब बिजयी बन्यो।

उक्त फुटबल टुर्नामेन्ट खेल एवं युवा मामिला विभाग र पाकिम जिल्ला फुटबल एसोसिएशनको तत्वावधानमा २९ अगस्तदेखि शुरू भएको थियो। आज सम्पन्न फाइनल खेलमा आबकारी विभागका चेयरमेन गान्जा भोटिया मुख्य अतिथि थिए। विजेता र उप विजेता दलका खेलाड़ीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *