भाजपा खरसाङद्वारा राष्ट्रिय गीत ‘वन्दे मातरम्’काे १५० वर्षको अवसरमा विशेष कार्यक्रम

खरसाङ: भारतीय जनता पार्टी खरसाङको तर्फबाट खरसाङको हनुमान टकमा भारतको राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को १५० वर्ष पूरा भएको अवसरमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो। देशप्रेम र मातृभूमिप्रतिको श्रद्धा व्यक्त गर्न १५० वटा दियो बालिएको थियो जसले एकता, समर्पण र राष्ट्रिय गौरवको प्रतीकका रूपमा चम्किएको थियो। कार्यक्रममा भाजपा जिल्ला उपाध्यक्ष आरबी लामा, सचिव बिनय प्रसाद, सोसल मिडिया इन्चार्ज चन्दन प्रसाद, कानुनी सल्लाहकार तथा जिल्ला समिति सदस्य रमेश अग्रवाल, मण्डल अध्यक्ष सञ्जय थापा, बिनिता सुब्बा, दीक्षा तामाङ लगायत अन्य भाजपा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले ‘वन्दे मातरम्’ गीतले स्वतन्त्रता आन्दोलनमा दिएको प्रेरणा र आज पनि भारतीय एकताको बलियो प्रतिक बनेको विषयमा प्रकाश पारेका थिए।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले देश, धर्म र मातृभूमिप्रतिको एकता, सेवा र समर्पणको प्रतिज्ञा गरेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement