राष्ट्रिय गीत ‘वन्दे मातरम्’का १५० वर्षको अवसरमा आकाशवाणी खरसाङमा विशेष कार्यक्रम

खरसाङ: राष्ट्रिय गीत ‘वन्दे मातरम्’का १५० वर्षको अवसरमा आकाशवाणी खरसाङमा विशेष कार्यक्रम आयोजना गरिएको छ।‌ देशप्रेम र मातृभूमिप्रतिको श्रद्धा व्यक्त गर्न आकाशवाणी खरसाङका‌ सबै पदाधिकारीहरु र कर्मचारीहरु उपस्थित भएर राष्ट्रिय गीत ‘वन्दे मातरम्’ सामुहिक रुपमा गाएका थिए। जसले एकता, समर्पण र राष्ट्रिय गौरवको प्रतीकका रूपमा मानिएको छ। कार्यक्रममा सहभागीहरूले देश, धर्म र मातृभूमिप्रतिको एकता, सेवा र समर्पणको प्रतिज्ञा गरेको जानकारी प्राप्त भएको छ। यसको साथै राष्ट्रिय गीत ‘वन्दे मातरम्’का १५० वर्षको अवसरमा आयोजित कार्यक्रम अन्तर्गत प्रधानमन्त्री नरेन्द्र मोदीको लाइभ कार्यक्रममा पनि अनलाईन सहभागिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement