रंगमुकको चन्द्रमानधुरा र फूलबारीका पैह्रो पीढीतहरूलाई राहत वितरण

सोनादा: सलेसियन कलेज (अटोनमस) सोनादाको एन.एस.एस. युनिट–१ द्वारा गत ६ नोभेम्बर २०२५ को दिन रंगबुल धोत्रे रंगमुक समष्टिको चन्द्रमानधुरा र फूलबारी क्षेत्रमा पैह्रोबाट प्रभावित परिवारहरूलाई सहयोग गर्ने उद्देश्यले राहत वितरण कार्यक्रम आयोजना गरियो। यस कार्यक्रम अन्तर्गत ४ अक्टोबरका दिनमा आएको विनाशकारी पैह्रोबाट पीडित परिवारहरूलाई राहत र सहानुभूति प्रकट गर्ने उद्देश्य राखेको थियो। राहत टोलीको नेतृत्व उप–प्रधानाचार्य ब्रदर डा. अगस्टिन जोसेफ, कार्यक्रम अधिकृत मनीष शर्मा, र नोडल अधिकृत राकेश साइबोले गरेका थिए। उनीहरूसँगै एन. एस. एस. स्वयंसेवकहरू र कलेजका प्रतिनिधिहरू पनि सहभागी थिए। टोलीले पहिरो प्रभावित गाउँहरूमा पुगेर पीडितहरूसँग प्रत्यक्ष संवाद गर्दै अवस्थाको मूल्याङ्कन गर्‍यो र अत्यावश्यक राहत सामग्री—जसमध्ये मुख्यतया खाद्य तथा अखाद्य वस्तुहरू, कपडा, र घरायसी सामग्रीहरू रहेका थिए—वितरण गर्‍यो। जसका घर पूर्ण रूपमा नष्ट भएका थिए, ती परिवारहरूलाई विशेष सहयोग प्रदान गरिएको थियो। भ्रमणका क्रममा टोलीले धेरै परिवारहरू अझै पनि आफ्नो घरबार पुनःनिर्माण गर्न संघर्षरत रहेको देख्यो, किनकि पहिरोले ठूलो क्षति पुर्‍याएको थियो। यो राहत अभियान दाता, शुभेच्छुक र सेलेसियन कलेज समुदायको सहयोगबाट सम्भव भएको हो। विशेष गरी डन बस्को बान्डेलको महत्वपूर्ण योगदानका लागि विशेष आभार प्रकट गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement