जंगापाना एफसी विजयी

२५ सेप्टेम्बरः युनाइटेड गुम्ती स्पोर्टिंग क्लब, महानदीको तत्त्वावधानमा ओपन नक्आउट फूटबल टुर्नामेण्ट आइतवारदेखि शुरु भयो। गुम्ती खेल मैदानमा आजदेखि शुरु यस टुर्नामेण्टको उद्घाटन म्याचमा जंगापाना एफसी-ले दार्जीलिङ पोलिटेक्निक इन्स्टीट्यूट होस्टल बोइजलाई २-०-ले पराजित गऱ्यो। यस सेभेन ए साइड टुर्नामेण्टको उद्घाटन समारोहमा गुम्ती चिया कमानका प्रबन्धक जवाहरलाल चौधरीले रिबन काटेर शुभ शुरुवात गरे।

टुर्नामेण्टमा जम्मा ३० वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल १२ र १३ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २० नोभेम्बरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक युनाइटेड गुम्ती स्पोर्टिंग क्लबका महासचिव प्रवीण दर्नालले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement