खरसाङको पंखाबारी रोडमा पुलिस गाडी दुर्घटनामा पाँचजना पुलिसकर्मीलाई सामान्य चोट

खरसाङ: खरसाङको पंखाबारी रोडमा आज दिउँसो एउटा पुलिस गाडी दुर्घटनाग्रस्त भएको जानकारी प्राप्त भएको छ। उक्त गाडी दुर्घटनामा चालकसहित पाँचजना पुलिसकर्मी घाइते भएको बताइएको छ। उक्त दुर्घटनामा पुलिसकर्मीहरुलाई सामान्य चोट लागेको र खरसाङ महकुमा अस्पतालमा उपचारपछि छुट्टी दिइएको जानकारी प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार उक्त पुलिस गाडी खरसाङ पुलिस थानाबाट सिलगढीतर्फ गईरहेको समय पंखाबारी रोडमा दुर्घटना भएको बताइएको छ‌। उक्त दुर्घटना बिहान लगभग ११:३० तिर भएको जानकारी खरसाङ पुलिस थानाबाट एसआई सागर प्रधानले दिएका छन्। उनले बताए अनुसार पुलिसकर्मीलाई सामान्य चोट लागेको र खरसाङ महकुमा अस्पतालमा उपचारपछि छुट्टी दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement