जीटीए प्रमुख अनित थापाद्वारा रंगबुल निम्न बुनियादी पाठशाला भवन अनि रंगबुल खेल मैदानको पेभिलियन उदघाटन

अनित थापाले जीटीएको प्रोपर्टी बेच्यो भन्छ तर सरकारकाे प्रोपर्टी कसैले बेच्नु सक्छ?: अनित थापा

सोनादा: रंगबुल निम्न बुनियादी पाठशाला भवन अनि रंगबुल खेल मैदानमा‌ निर्माण गरिएको पेभिलियनको उदघाटन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले गरेका छन्। उक्त पाठशाला भवनको उदघाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा जीटीएका डेपुटी चेयरम्यान एंव क्षेत्रीय सभासद राजेस चौहान, कार्यकारी सभासद सतीश पोख्रेल, सभासद उदय देवान र प्रमोस्कर ब्लोन, सुखे खण्डको खण्ड विकास अधिकारी, एसआई, एई, ईडी, पञ्चायत समिति सदस्य, पञ्चायत प्रधान, पञ्चायत सदस्यहरु र विभिन्न विद्यालयहरुको शिक्षक शिक्षिकाहरु उपस्थित रहेका थिए‌‌। अतिथिहरुका बाहुलीबाट धुप दीप प्रज्ज्वलन गरी थालिएको कार्यक्रममा स्वागत सम्भाषण स्कूल सह निरीक्षकले राखेका थिए। कार्यक्रममा रंगबुल धोत्रे रंगमुक समष्टिको विभिन्न स्थानहरुमा भईरहेको विकास कार्यहरुको विवरणमाथि बनाइएको वृत्त चित्र प्रदर्शन गरिएको थियो। कार्यक्रममा रंगबुल निम्न बुनियादी पाठशाला, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा रंगबुल धोत्रे रंगमुक समष्टि, हिल तराई प्राथमिक शिक्षक समिति सोनादा क्षेत्र आदिबाट प्रमुख अतिथिको रुपमा उपस्थित जीटीए प्रमुख अनित थापालाई सम्मान जनाइएको छ‌। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित जीटीए प्रमुख अनित थापाको बाहुलीबाट रंगबुल निम्न बुनियादी पाठशाला भवन अनि रंगबुल खेल मैदानमा निर्माण गरिएको पेभिलियनको उदघाटन गरिएको छ। उनको बाहुलीबाट नै यस समष्टिमा दुई तीनवटा नयाँ कामहरुको पनि शिलान्यास गरिएको छ। रंगबुल निम्न बुनियादी पाठशाला भवन अनि रंगबुल खेल मैदानमा निर्माण गरिएको पेभिलियनको उदघाटन समारोहलाई सम्बोधन गर्दै जीटीए प्रमुख कार्यपाल अनित थापाले भने, हामी कम्ती बोल्छौँ तर आफ्नै लयमा काम गरिरहन्छौं। आज त्यही लयमा काम गरे अनुसार रंगबुल निम्न बुनियादी पाठशाला भवन अनि रंगबुल खेल मैदानमा निर्माण गरिएको पेभिलियनको उद्घाटन गरेको छु। हामी कर्मलाई सिद्धान्त मान्नेहरू समाजको उन्नतिको निम्ति गरिएको कार्यलाई आफ्नो उपलब्धि मान्छौँ। यस्ता ससाना कार्यहरूले नै एक दिन ठूलो निर्माण हुनेछ।’
उनले अघि भने, ‘बीजीपीएमका सभासदहरू सदैव मैदानमा जनतामाझ छन्। प्रशासनिक कार्यको साथमा सबैले समष्टिको हेरचाह पनि गरिरहेका छन्।’
उनले आफ्नो सम्बोधनमा अझ भने, ‘अनित थापाले जीटीएको प्रोपर्टी बेच्यो भन्छ। सरकारकाे प्रोपर्टी कसैले बेच्नु सक्छ? बीजेपी सरकारले एयरपोर्ट लिजमा दिएको छ। ठूलो ठूलो इन्डस्ट्रिहरू लिजमा दिएको छ। सरकारले होटल चलाउँदैन्। तर त्यो होटलबाट आएको रेभेन्युले हाम्रो नानीहरूलाई सहुलियत दिनु सक्छौँ।’
थापाले भने, ‘पहाडको नेताहरु आफ्नो भिजन देखाउँदैन तर उटपट्याङ काम गर्छन्। उनीहरूले यस्तो काम गरेर समयको बर्बादी गरिरहेका छन्। त्यसैले उनीहरू जहिले पनि हार्छ। आफ्नो भिजन देखाएर प्रडक्टिभ काम गर्यो भने हाम्रो पहाड उन्नतितर्फ लाग्छ। उनीहरूको समय नै म अनि हाम्रो टिममाथि खेर फाली रहेको छ। धर्यसँग काम गर्यौ भने एक दिन राम्रो परिणाम आउनेछ।’
कार्यक्रमलाई जीटीएको डेपुटी चेयरम्यान एंव क्षेत्रीय सभासद राजेस चौहानले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement