दक्षिण अफ्रिकाविरुद्ध टेस्ट सीरीजको निम्ति भारतीय टीमको घोषणा

मुम्बई: दक्षिण अफ्रिकाविरुद्ध आउँदो २ वटा म्याचको घरेलु टेस्ट सीरीजको निम्ति भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) ले १५ सदस्यीय टीमको घोषणा गऱ्यो। टीममा विकेटकीपर ब्याटर रिषभ पन्त र पेस बलर आकाश दीप पनि चोटमुक्त भएर फर्किएका छन्। पन्त उपकप्तान पनि हुनेछन् जबकि शुभमन गिलले कप्तानी सम्हाल्नेछन्। भारत र दक्षिण अफ्रिकाबीच पहिलो टेस्ट म्याच १४ नोभेम्बरदेखि कलकत्ताको ईडन गार्डन्समा शुरु हुनेछ। टेस्ट टीममा वेष्ट इण्डिजविरुद्ध घरेलु टेस्ट सीरीजमा खेल्ने अधिकांश खेलाड़ीहरू नै रहेका छन्। ओपनिंगको जिम्मेवारी फेरि एकपल्ट यशस्वी जयसवाल र केएल राहुलमाथि रहनेछ। साई सुदर्शनले तेस्रो नम्बरमा खेल्नेछन् जबकि चौथो स्थानमा देवदत्त पडिक्कल र ध्रुव जुरेलमा एकजनाले स्थान पाउन सक्छन्। टीममा अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव र रविन्द्र जडेजाको रूपमा ४ जना स्पिनर चयन गरिएको छ जबकि पेस आक्रमणलाई जिम्मेवारी जसप्रीत बुमराह, मोहम्मद सिराज र आकाश दीपले सम्हाल्नेछन्। नीतीश कुमार रेड्डीले पेस बलिंग अलराउण्डरको रूपमा टीममा स्थान बनाएका छन्। सीरीजको दोस्रो म्याच २२ नोभेम्बरदेखि गुवाहटीमा खेलिनेछ। भारतीय चयनकर्ताहरूले बिहीवार भारत ए टीमको पनि घोषणा गरे, जसले दक्षिण अफ्रिका ए-विरुद्ध ३ वटा वनडे म्याचको सीरीजमा हिस्सा लिनेछ। तिलक वर्मालाई भारत ए टीमको कप्तान बनाइएको छ। सीरीजको तीनवटा म्याच राजकोटमा १३, १६ र १९ नोभेम्बरमा खेलिनेछ।
दक्षिण अफ्रिकाविरुद्ध घरेलु टेस्ट सीरीजको निम्ति भारतीय टेस्ट टीम यसप्रकार छः शुभमन गिल (कप्तान), रिषभ पन्त (उपकप्तान तथा विकेटकीपर), यशस्वी जयसवाल, केएल राहुल, साई सुदर्शन, देवदत्त पडिक्कल, ध्रुव जुरेल, रविन्द्र जडेजा, वाशिंगटन सुन्दर, जसप्रीत बुमराह, अक्षर पटेल, नीतीश कुमार रेड्डी, मोहम्मद सिराज, कुलदीप यादव र आकाश दीप।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement