सोरेङ: आगामी माघे मेला २०२६ को तयारीको मूल्याङ्कन गर्न आज सोरेङमा संयुक्त निरीक्षण सम्पन्न गरिएको छ। जूम फाटकबाट सुरु गरिएको निरीक्षणको मुख्य उद्देश्य वार्षिक मेला समारोहको सफल आयोजनाको लागि तयारीको स्तर जाँच्नु र प्रभावकारी अन्तर विभागीय समन्वय सुनिश्चित गर्नु रहेको थियो।
यस अवसरमा क्षेत्र विधायक मदन सिन्चुरी, सोरेङका जिल्लापाल धिरज सुबेदी, नाम्चीकी जिल्लापाल अनुपा तामलिङ लगायत अन्य सरकारी अधिकारीहरू उपस्थित थिए।
एसआईआरडी एवं पीआर निर्देशक विशाल मुखियाले मेला २०२६ मा प्रदर्शन गरिने विभिन्न स्टल, मनोरञ्जनात्मक खेल तथा अन्य गतिविधिहरूको लागि प्रस्तावित स्थानहरूको जानकारी प्रस्तुत गरे। निरीक्षण टोलीले सबै व्यवस्थाहरूको समीक्षा गर्दै सुधारका सुझावहरू प्रदान गरेको थियो।
विशेष ध्यान पहुंच मार्ग, ट्राफिक व्यवस्थापन, स्टल सेटअप, भीड नियन्त्रण, सुरक्षा उपाय, फोहोर व्यवस्थापन, र सार्वजनिक सुविधाहरू जस्ता पक्षमा दिइएको थियो। निरीक्षण टोलीले सबै सम्बन्धित विभागहरूलाई आफ्नो तयारी समयमै पूरा गर्न निर्देशन दिएको छ।










