एसआईआरको फारम भर्ने कार्य शुरु

खरसाङ: मतदाता सूचीको‌ विशेष गहन संसोधन एसआईआरको फारम भर्ने कार्य शुरु भएको छ।‌ एसआईआरको लागि प्रत्येक बुथ लेभल अफिसर बीएलओ प्रत्येक गाउँको घर घरमा गएर फारम भर्ने कार्य शुरु भएको छ। यसै क्रममा बुधवार बीएलओहरु साथै राजनैतिक पार्टीको बीएलए एसआईआरको फारम भर्ने कार्यमा लागेका छन्। गत २७ अक्टोबर रातिदेखि एसआईआरको लागु भएको घोषणापछि पश्चिम बंगालभरि साथै यता पहाडमा पनि अहिले मतदाता सूचीको‌ विशेष गहन संसोधनको‌ कार्य एसआईआरको फारम भर्ने कार्य शुरु गरिएको छ। यता खरसाङ महकुमा साथै तीनधारे महानदी समष्टिको विभिन्न बुथहरुको बीएलओ गाउँ घरतिर गएर एसआईआरको फारम भर्ने कार्य शुरु गरिएको छ। यस कार्यमा सबै मतदाताहरु तयार भएर बसिदिने साथै फारम‌ भर्नलाई आवश्यक कुराहरु तयार राख्ने आह्वान् गरिएको छ। बीएलओ विस्तारै हरेक गाउँको सबै घरहरुमा गएर एसआईआरको फारम भर्ने कार्य गरिने भएको जानकारी प्राप्त भएको छ। यसको साथै एसआईआर विषयमा जनसाधारणले अफवाहमा होइन तर सही जानकारी प्राप्त गर्नु पर्ने आह्वान् पनि गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement