खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिंगेल चियाबारीको सिमानाधुरामा आज बिहान लगभग 9.30 बजीतिर सुदिप तामाङको घरमा आगो लागेर घर खरानी भएको छ। कुनै ज्यान मालको नोक्सान नभए पनि तर घरबाट कुनै समान निकाल्न पाएनन्। सुदिप तामाङ सिंगेल चियाबारीका एकजना श्रमिक हुन्। उनको घरमा जम्मा तीनजना सदस्यहरु रहेको जानकारी प्राप्त भएको छ। उक्त आगलागी भएको घटनास्थलमा टुंग सन्त मेरिज समष्टिकाे सभासद नुरी शेर्पा, सन्त मेरिज ग्राम पञ्चायत दुईका प्रधान सहदेव तामाङ, उप प्रधान प्रशंसा लेप्चा, पञ्चायत सदस्य साङा तामाङ अनि पञ्चायत समिति सदस्या सञ्जिता तामाङ साञएथै भागोप्रमो टुंगो सन्त मेरिज समष्टिकाे सांगठनिक सचिव बिपन भुजेल, समष्टिको सल्लाहकार दिलिप गजमेर लगायत अन्यहरु उपस्थित रहेका थिए। घटनास्थलमा पुगेर पञ्चायत प्रधान सहदेव तामाङले सरकारबाट पाउने सबै सहुलियतहरु दिने वचन दिएका छन् यसरी घटनास्थलमा खरसाङ पुलिस थानाबाट पुलिस प्रशासन, खरसाङ अग्नि शमन विभागीय अधिकारी, कर्मचारीहरु उपस्थित रहेका थिए।










