कुबीर प्रधानको सचित्र बाल गीत संगालो ‘बाल भाव लहरी’ लोकार्पित

खरसाङ: साहित्यकार कुबीर प्रधानद्वारा लिखित सचित्र बाल गीत संग्रह ‘बाल भाव लहरी’ महानदीमा सम्पन्न एक कार्यक्रमबीच लोकार्पण गरिएको छ।‌ कुबीर प्रधानको उक्त ‘बाल भाव लहरी’ कृति लोकार्पण कार्यक्रमको अध्यक्षता महानदी सिविटार वरिष्ठ नागरिक कल्याण समाजको संस्थापक एवं स्प्रिङडेल अकादमी सिविटारका प्राचार्य शरणकुमार राईले गरेका थिए भने प्रमुख अतिथिको रुपमा महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा उपस्थित रहेका थिए। विशिष्ट अतिथिको रुपमा तीनधारेका साहित्यकार दिपक प्रधान, महानदी सिविटार वरिष्ठ नागरिक कल्याण समाजको सचिव बीरुनारायण प्रधान, समाजसेवी सूर्यनारायण प्रधान, कवि मिलन प्रधान उपस्थित रहेका थिए। कवि एवं पत्रकार हनोक थापाले सञ्चालन गरेको‌ कार्यक्रममा स्वागत सम्भाषण सकिल प्रधानले राखेका थिए। यस लोकार्पण कार्यक्रममा कवि मिलन प्रधान, प्रयास प्रधान, दिपक प्रधान, मलिता छेत्री, हनोक थापा आदिले कविता, गीत वाचन गरेका थिए। कार्यक्रममा साहित्यकार कुबीर प्रधानको साहित्यिक परिचय हनोक थापाले राखेका थिए। यसै कार्यक्रममा कुबीर प्रधानद्वारा लिखित तेस्रो कृति सचित्र बाल गीत संग्रह ‘बाल भाव लहरी’ सभाध्यक्ष शरणकुमार राई, प्रमुख अतिथि पञ्चायत प्रधान पासाङ शेर्पा, विशिष्ट अतिथिहरु दिपक प्रधान, बीरुनारायण प्रधान, सूर्यनारायण प्रधान, कवि मिलन प्रधान, लगायत हिरा प्रधान, लेखक कुबीर प्रधान र उनकी पत्नी आशा प्रधान आदिको बाहुलीबाट विधिवत् रूपमा लोकार्पण गरिएको छ। उक्त कृतिको लोकार्पण गरिएको घोषणा सभाध्यक्ष शरणकुमार राईले गरेका थिए। कार्यक्रममा लोकार्पित कृति ‘बाल भाव लहरी’ माथि कवि मिलन प्रधानले समीक्षात्मक टिप्पणी राखेका थिए। उनले उक्त कृतिमाथि बोल्दै भने, बाल साहित्य भन्नाले नानीहरुको बाल स्वभाव र बाल साहित्यको लागि लेखिन्छ। कुबीर प्रधानले बाल नानीहरुका लागि बाल भाव लहरी’ कृति लेखेर समाजप्रति ठूलो योगदान दिएका छन्।’
उनले अघि भने, प्रधानले मध्य बाल साहित्य लेख्नु भएको छ। उनले बाल बालिकाहरु लगायत हामीलाई पनि धेरै कुराहरु दिनु भएको छ। उनले कतिवटा हराई सकेको संस्कार संस्कृति र पुराना कुराहरु पनि अघि राखेर असल कार्य गरेका छन्।‌’
मिलन प्रधानले कुबीर प्रधानको यो शब्द चित्रले कल्पना शक्तिलाई प्रखर बनाउँछ। तर नानीहरु समक्ष सकारात्मक कुरा नै लेखिनुपर्छ भनी बताएका छन्। उनले यी गीतहरु गयात्मक र लयात्मक छन् र यसलाई संगीत भर्न सके राम्रो हुने बताए।
कार्यक्रमम प्रमुख अतिथि महानदी ग्राम पञ्चायतको प्रधान पासाङ शेर्पाले कुबीर प्रधानले सचित्र बाल कृति दिएर समाजको लागि राम्रो काम गरेको बताए। उनले यो कृति हामीले घर घरमा लगेर नानीहरुलाई पढ्नु दिनुपर्छ भनी बताउँदै कुबीर प्रधानले हाम्रो प्राकृतिक संसाधन ष संस्कार, संस्कृति र रहन सहन सबैलाई समेटेर लेखेको बताएका छन्। उनले हाम्रो विलुप्त हुँदै गएको कुराहरुलाई लेखेर संरक्षणको कार्य गरेको पनि बताउँदै बधाई पनि दिए। कार्यक्रममा विशिष्ट अतिथिहरु दिपक प्रधान र बीरुनारायण प्रधान आदिले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा लेखक कुबीर प्रधानले यो बाल भाव लहरी’ पुस्तक लेख्नुको उद्देश्य र औचित्य विषयमा बोल्दै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका छन्। उनले बाल भाव लहरी’ सचित्र बाल गीत संग्रह रहेको बताउँदै आफुहरु शिक्षक हुँदा बाल मनोविज्ञान सिकाउनु पर्ने हुँदा यो नानीहरुको लागि यो पुस्तक लेख्न प्रेरणा मिलेको बताए। कार्यक्रमको सभाध्यक्ष शरणकुमार राईले कुबीर प्रधान बहुआयामिक व्यक्तित्वका धनी रहेको बताउँदै उनी प्राकृतिक रुपमा जन्मेका र अहिलेसम्म तीनवटा कृतिहरु दिएर समाजप्रति समर्पण गरेको बताए। उनले राष्ट्रिय पहिचानको कुरा आउँदा हामीलाई भाषा, साहित्य र संस्कार संस्कृति चाहिन्छ अनि भाषा र साहित्यको महत्व धेरै रहेको बताएका छन्। शरणकुमार राईले लेखक साहित्यकारहरुको कृति किनेर पढिदिने चलन गरिनुपर्छ र यसले स्रष्टाहरुलाई ठूलो हौसला पुग्ने बताए। उनले हामीले तीनवटा कुराहरु जस्तै – ज्ञान, खुशी र प्रेम – दया जति बाढ्छ तेति बढेर जाने बताएका छन्। सिविटार महानदी निवासी साहित्यकार कुबीर प्रधानले तीनवटा कृतिहरु – ऊ फेरि फर्केन (कथा संग्रह -२०१४), मैले गीत लेखेछु, मैले‌ प्रीत लेखेछु’ (गीत संग्रह -२०२४) र यो ‘बाल भाव लहरी’ (२०२५) रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement