सोनादा: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाले आज सोनादा पचेङ समष्टि अन्तर्गत फूलबारी होप टाउनको पैह्रोग्रस्त क्षेत्रको निरीक्षण भ्रमण गर्दै पैह्रो पिढीतहरुसित भेटघाट पनि गरेका छन्। यसावधि उनले सर्वप्रथम सोनादाको ग्यारेज लाइनदेखि ओह्रालो जाने रोडको निरीक्षण गरेका थिए। उनले उक्त रोडको निरीक्षणपछि भूतपूर्व सैनिक वेलफेयर एसोसिएसनको पदाधिकारीहरुसित बैठक पनि गरेका थिए। उक्त बैठक भूतपूर्व सैनिक संघको पचेङस्थित भवनमा गरेका थिए। यसावधि उनले जीर्णावस्थामा रहेको यस रोडको मरमत्ति गरिदिने वचन दिएका छन्। उक्त रोड विषयमा सभा गरेपछि सोनादा पचेङ समष्टि अन्तर्गत रंगबुल ग्राम पञ्चायतको फूलबारी होप टाउन क्षेत्रमा पैह्रोग्रस्त स्थानहरुको भ्रमण निरीक्षण गरेका छन्। जीटीए प्रमुख अनित थापाले फूलबारीको होप टाउन क्षेत्रमा पैह्रोले मृत्यु भएको परिवारसित भेटघाट गर्नुको साथै पैह्रो क्षेत्रको निरीक्षण भ्रमण गरेका थिए। यसको साथै उनले होप टाउनको पैह्रोग्रस्त क्षेत्रको निरीक्षण गर्दै पैह्रो पिढीतहरुसित बातचीत पनि गरेका छन्। उनले पैह्रोले प्रभावित परिवारहरुलाई राहत शिविरमा राखिएको होप टाउनको सार्वजनिक भवनको निरीक्षण गरेका थिए। यसावधि उनले पैह्रो प्रभावितहरुलाई भेटेर सुविधा असुविधा विषयमा बुझ्दै सहयोगको आश्वासन दिएका छन्। यस समष्टिको फूलबारी होप टाउन क्षेत्रमा गत ४ अक्टोबरको राती आएको अविरल वर्षाको कारण पैह्रोले एकजनाको मृत्यु हुनुको साथै धेरै घरहरु प्रभावित बनाएको थियो। जीटीए प्रमुख अनित थापासित डेपुटी चेयरम्यान राजेस चौहान, जीटीएको सल्लाहकार एवं भागोप्रमो केन्द्रीय महासचिव अमर लामा, क्षेत्रीय सभासद अनोश थापा, पूर्व सभासद महेन्द्र प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए। यसावधि सोनादा पचेङ समष्टि भ्रमणमा पुगेका जीटीए मुख्य कार्यपाल अनित थापाले एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, चुनाव नजिकमा जातिको कुरा गर्छ, गोर्खाको मुद्दाको कुरा गर्छ। तर त्यो भन्दा अघि? बीजेपी सरकारले चाह्यो भने जे पनि दिनु सक्छ। तर दिँदैन। चुनाव नजिक आउँदैछ। बीजेपीले इण्टरलोक्युटरको नियुक्ति भनेर नयाँ प्रोपागान्डा शुरु गर्दैछ।”










