इण्टरलोक्युटरको नियुक्ति चुनाव नजिक बीजेपीले भोटको निम्ति चलाउने एउटा भावनात्मक प्रोपागान्डा मात्र हो: अनित थापा

सोनादा: सोनादा पचेङ समष्टि भ्रमणमा पुगेका जीटीए मुख्य कार्यपाल अनित थापाले एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, “चुनाव नजिकमा जातिको कुरा गर्छ, गोर्खाको मुद्दाको कुरा गर्छ। तर त्यो भन्दा अघि? बीजेपी सरकारले चाह्यो भने जे पनि दिनु सक्छ। तर दिँदैन। चुनाव नजिक आउँदैछ। बीजेपीले इण्टरलोक्युटरको नियुक्ति भनेर नयाँ प्रोपागान्डा शुरु गर्दैछ।”
भूतपूर्व सैनिक सङ्गठनले आयोजना गरेको कार्यक्रममा उनले स्थानीय वासिन्दाहरुको बाटो निर्माणको मांगलाई जायज माग रहेको बताउँदै भने, “म सरकारसँग मिलेको कारण यस्तै बाटो घाटो बनाउनु हो। तर म मात्र सरकारसँग मिलेर हुँदैन। पहाडको सबै मान्छे पनि मिल्नुपर्छ। मान्छे नै मिलेन भने सरकारले यस्ता काम गर्नु पैसा पनि दिँदैन। चुनाव छेउ हामी भावुक बन्छौ। तर चुनाव सकेपछि हामीलाई बाटो, समाज घर, पानीको याद आउँछ। जब हामी चुनाव हार्छौ तब हारेको मान्छेलाई सरकारले पैसा पनि दिँदैन। पैसा नपाए बाटो घाटो कहाँबाट बनाउँनु?”
थापाले अझ भने, “मूल देउताले हामीलाई बिर्सी सकेछ। त्यसैले म कूल देउतातर्फ लागेको। चुनावमा सरकार पक्षलाई जिताउनु भनेको पहाडको विकासको निम्ति हुनेछ। पहाडको विकासको निम्ति हामीले सत्ता पक्षको उम्मेदवारलाई नै जिताउनु पर्छ। हाम्रो क्षेत्र सुरक्षित राख्नु पनि हामीले चुनाव जित्नुपर्छ। हामी भावुक भएर बीजेपीलाई चुनावमा जितायौं तर हामीले आजसम्म के पायौं? काँटीसम्म दिएको छैन। रिसले भोट बिगार्नु हुँदैन। चुनाव जित्नु र हार्नुमा नै पहाडको विकास भर पर्छ।”
अनित थापाले सोनादाको पर्यवेक्षक आफै बस्ने अनि सोनादा क्षेत्रमा थप ३ वटा नयाँ बाटोको निर्माण हुने घोषणा पनि गरे। बिहीवार गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाले सोनादा पचेङ समष्टि अन्तर्गत फूलबारी होप टाउन क्षेत्रको पैह्रोग्रस्त क्षेत्रको निरीक्षण भ्रमण गर्दै पैह्रो पिढीतहरुसित भेटघाट पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement