आईसीसी टी२० इण्टरनेशनल ऱ्याङकिंगमा बाबर आजम र हेजलवुडलाई फाइदा

नयाँ दिल्ली: आईसीसीको नवीनतम टी२० इण्टरनेशनल क्रिकेट ऱ्याङकिंगमा ठूलो बद्लाउ देख्न पाइएको छ। पाकिस्तानका ब्याटर बाबर आजम, सईम अयूब र सलमान आगाले दक्षिण अफ्रिकाविरुद्ध असाधारण प्रदर्शनको दममा ऱ्याङकिंगमा उल्लेखनीय बढ़त हासिल गरेका छन्। यसरी भारतका अभिषेक शर्माले ब्याटरहरूका सूचीमा आफ्नो शीर्ष स्थान कायम राखेका छन्। यसरी वरुण चक्रवर्ती पनि टी२० इण्टरनेशनल बलरहरूका सूचीमा शीर्षमा रहेका छन्। ऱ्याङकिंगमा वेष्ट इण्डिज, बंग्लादेश, अफगानिस्तान र दक्षिण अफ्रिकाका धेरै खेलाड़ीहरूले पनि सुधार गरेका छन्। दक्षिण अफ्रिकाविरुद्ध हालै सम्पन्न सीरीजमा असल प्रदर्शन गर्ने पाकिस्तानका बाबर आजम ९ स्थान अघि बढ़ेर ३०औं स्थानमा पुगेका छन्। यसरी सईम अयूब १० स्थान अघि बढ़ेर ३९औं स्थानमा पुगेका छन्। सलमान आगाले पनि १० स्थान अघि बढ़ेर ५४औं स्थान हासिल गरेका छन्। टी२० इण्टरनेशनलमा भारतको निम्ति २०२५ साल सफल रह्यो। भारतीय टीमले यस साल ५-मा ४ वटा द्विपक्षीय टी२० सीरीज जित्यो, यसमा दक्षिण अफ्रिकाविरुद्ध हालै घरेलु मैदानमा २-१-को जीत पनि सामेल छ। भारतका अभिषेक शर्मा र स्पिनर वरुण चक्रवर्ती क्रमशः ब्याटर र बलरहरूका सूचीमा शीर्षमा कायम छन्। यसरी नै वेष्ट इण्डिजका कप्तान शाई होप २ स्थान अघि बढ़ेर १२औं स्थानमा पुगेका छन् जबकि बंग्लादेशका युवा ब्याटर तञ्जीद हसनले पनि २० स्थानको सुधार गरी १७औं स्थान हासिल गरेका छन्। अफगानिस्तानका रहमानुल्लाह गुरबाज (१५औं स्थान) र इब्राहिम जादरान (२०औं स्थान)-ले पनि यस हप्ता असल सुधार गरेका छन्। टी२० इण्टरनेशनल बलरहरूमा धेरैले यस हप्ता आफ्नो ऱ्याङकिंगमा सुधार गरेका छन्। यसमा अष्ट्रेलियाका जोश हेजलवुडले २ स्थान अघि बढ़ेर १०औं स्थान हासिल गरेका छन्। अफगानिस्तानका मुजीब उर रहमान पनि १३ स्थान अघि बढ़ेर १४औं स्थानमा पुगेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement