सिलगढ़ी: आफ्नो कठोर मेहनत, अनुशासन र निरन्तर असल प्रदर्शनको सहायताले सिलगढ़ीका पासङ दोर्जी (सौरभ) तामाङले सुनौलो मौका पाएका छन्। प्रतिभाशाली फरवर्ड सौरभलाई थाईल्याण्डविरुद्ध अन्तर्राष्ट्रिय मैत्री म्याचको निम्ति भारतको अण्डर२३ सम्भावित खेलाड़ीहरूका सूचीमा स्थान दिइएको छ। म्याच थाईल्याण्डको पाथुम थानीको थाम्मासात स्टेडियममा १५ नोभेम्बरमा खेलिनेछ। यसअघि सौरभले प्रशिक्षक नौसाद मुसाको मार्गदर्शनमा टीमका साथी खेलाड़ीहरूसँग अभ्यास शिविरमा हिस्सा लिनेछन्। मोहन बगान सुपर जाइण्ट्सका सौरभलाई सम्पूर्ण खेलप्रेमीहरूको तर्फबाट बधाई एवम् शुभकामना।









