दार्जिलिङ: पूर्व सैनिक अर्धसैनिक टर्जमद्वारा आयोजित टर्जम पोख्रेबुङ गोल्डकप फुटबल टुर्नामेन्टको तेस्रो दिनको म्याचमा तरुञ्जबारी एफसी सिलगढी बिजय बनेको छ। तेस्रो दिनको म्याच तरुञ्जबारी एफसी सिलगढी र सुबोध अकादमी सिलगढीबीच भीडन्त भयो जसमा तरुञ्जबारी एफसी ले १ को विरुद्ध ३ गोलले विजय हाँसिल गरेको छ। अब भोलि बुधवारको म्याच कञ्चनजङ्घा फुटबल क्लब सिलगढी बनाम कुमार स्पोर्टिङ क्लब सिक्किमबीच हुने भएको छ। यो म्याच दिउँसो १:३० बजीदेखि शुरू हुने भएको छ आयोजक समितिको तर्फबाट महासचिव राजेस तामाङले जानकारी गराएका छन्। उनले दिएको जानकारी अनुसार पूर्व सैनिक अर्ध सैनिक टर्जम पोख्रेबुङको आयोजनामा गत आईतबारदेखि गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको थियो।









