खरसाङ: तीनधारेको मिठाईडाँडा खेल मैदानमा यसपाली तीनधारे गोल्ड कप फुटबल टुर्नामेन्ट आयोजना गरिने भएको छ। युनाईटेड तीनधारे स्पोर्टस एसोसिएसनको आयोजनामा आगामी १४ दिसम्बरदेखि तीनधारे गोल्ड कप फुटबल टुर्नामेन्टको आयोजना गरिने भएको छ। गत वर्ष युनाइटेड तीनधारे स्पोर्टस् एसोसिएसनको आयोजनामा तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट आयोजना गरिएको थियो भने यसपाली अझ बढाएर तीनधारे गोल्ड कप फुटबल टुर्नामेन्ट आयोजना गरिने भएको छ। यस गोल्ड कपमा नेपाल, सिक्किम लगायत स्थानीय प्रतिष्ठित फुटबल क्लबहरु गरेर जम्मा १६ वटा टिमहरुलाई लिएर तीनधारे गोल्ड कप फुटबल टुर्नामेन्ट आयोजना गरिने जानकारी प्राप्त भएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै युनाइटेड तीनधारे स्पोर्टस् एसोसिएसनको तर्फबाट रञ्जित थापाले गत वर्ष तीनधारेको मिठाईडाँडा खेल मैदानमा तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्ट आयोजना गरिएको र यसपाली त्यसलाई बढाएर तीनधारे गोल्ड कप फुटबल टुर्नामेन्ट आयोजना गरिने जानकारी गराएका छन्। उनले यस गोल्ड कपमा नेपाल, सिक्किम लगायत स्थानीय प्रतिष्ठित फुटबल क्लबहरु गरी जम्मा १६ वटा टिमहरुले सहभागिता जनाउने जानकारी गराएका छन्।









