आलोचनाहरूबीच पनि सकारात्मक रहेर वर्ल्ड कप जित्न सक्दा सन्तुष्ट नीतू डेविड

मुम्बई: नीतू डेविडलाई भारतीय महिला क्रिकेट टीमको मुख्य चयनकर्ताको रूपमा आफ्नो ५ सालको कार्यकालको यसभन्दा असल समापनको आशा थिएन कारण उनले आइतवार राति हरमनप्रीत कौरकी कप्तानीमा रहने टीमलाई वर्ल्ड कप जितेको हेर्न अघि ठूलो मञ्चमा धेरैपल्ट मन खल्लो हुने क्षणहरू देखेकी थिइन्। हालै नयाँ चयन समिति नियुक्त गरिएको थियो तर नीतू र उनकी टीमले नै स्वदेशमा हुने वनडे वर्ल्ड कपको निम्ति टीमको चयन गरेकी थिइन्। सबै थरीको संसाधन रहे पनि भारतीय महिला टीमको विश्व खिताब जित्ने प्रतीक्षा लामो हुँदै गइरहेको थियो। यसमा आईसीसी प्रतियोगिताहरूमा असल स्थितिमा रहँदा-रहँदै पनि हार्नु साधारण कुरा भइसकेको थियो। हरमनप्रीत, स्मृति मन्धना र जेमिमा रोड्रिग्ससहित सीनियर खेलाड़ीहरू महत्त्वपूर्ण क्षणहरूमा लड़खड़ाएको कुरालाई लिएर कड़ा आलोचना पनि भएको थियो। यसपाली घरेलु दर्शकहरू अघि भारतले परीकथा जस्तो अन्त गऱ्यो अनि भाग्य तथा हिम्मतको सही तालमेलको साथ अन्तमा गएर वर्ल्ड कपको ट्रफी जित्यो। नवी मुम्बईमा यस असाधारण नतीजापछि कुराकानी गर्दै आईसीसी हल अव फेममा सामेल अनि पूर्व भारतीय स्पिनर नीतूले सालौंको निराशा अनि कड़ा आलोचनापछि पनि भारतीय टीमले कसरी सफलता हासिल गऱ्यो भन्ने विषयमा जानकारी दिइन्। नीतूले बताएअनुसार, यस टीमको निक्कै आलोचना भएको थियो तर सीनियर खेलाड़ीहरूले टीममा एकजुटता राखिन् अनि यसको फाइदा प्राप्त भयो।

नीतूले भनिन्, यस टीमको निक्कै आलोचना भएको थियो। प्रशिक्षकहरू आए अनि गए। धेरै उतार-चढ़ाउ देखियो। बीसीसीआईले सबैथोक दिँदा पनि टीमले हारको सामना गर्नु परिरहेको धेरैले आवाज उठाएका थिए। धेरैले यो टीम अष्ट्रेलियाविरुद्ध सँधै हार्ने बताएका थिए तर सीनियर खेलाड़ीहरू (हरमनप्रीत, मन्धना, जेमिमा, दीप्ति शर्मा)-ले टीममा एकजुटता राख्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिन्। अमोल मजूमदाग प्रशिक्षक बन्दा (अक्टोबर २०२३-मा) उनको भिजन स्पष्ट थियो। यो अहिले नगरे कहिले नहुने जस्तो कुरा थियो। गत १८ महिनामा खेलाड़ी र सहायक स्टाफहरूले कठोर मेहनत गरे अनि यो मैले शिविरमा देखेकी छु अनि अहिले नतीजा सबैको अघि छ। नीतूले बताएअनुसार, लगातार आलोचना भए पनि सीनियर खेलाड़ीहरूले त्यसलाई सकारात्मक रूपमा लिइन् कारण उनीहरू नकारात्मक भएकी भए खेलमा फर्किन सक्ने थिइनन्। उनले भनिन्, आलोचना हुँदा तपाईंलाई नराम्रो लाग्नु सक्छ तर उनीहरूले यसलाई सकारात्मक तरिकाले लिइन्। सीनियर खेलाड़ीहरू नै नकारात्मक सोचमा गएकी भए खेलमा फर्किनु सजिलो हुने थिएन। यसको नतीजा सबैको अघि छ। स्वदेशमा यति धेर दबाउको माहोलमा प्रदर्शन गर्नु सजिलो कुरा होइन। खेलाड़ीहरूले दबाउलाई असल तरिकाले सम्हालिन्।

नीतूले भनिन्, यो कुनै तुक्का होइन। हामीले अष्ट्रेलिया र दक्षिण अफ्रिकालाई पराजित गऱ्यौं। हामीले तीनैवटा विभागमा सुधार गऱ्यो। विशेषगरी फी्डिंगमा खेलाड़ीहरूले स्तरीय प्रदर्शन गरिन्। बलिंग प्रशिक्षक अविष्कार साल्वीको मेहनत पनि काममा लाग्यो। स्ट्रेन्थ र अनुकूलन प्रशिक्षक हर्षाले पनि असाधारण काम गरे। अमोलले विशेषगरी खेलाड़ीसँग अथक मेहनत गरे अनि टीमका हरेक सदस्यसँग अल-अलग ब्याटिंग सत्र गरे। उनी शान्त देखिए पनि धेरै आक्रामक छन्। हालै अन्तर्राष्ट्रिय पदार्पण गर्ने क्रान्ति गौड़, श्री चरणी र प्रतिका रावल जस्ता युवा खेलाड़ीहरूकी प्रदर्शनमाथि नीतूले भनिन्, चोटले गर्दा रेणुका सिंह र पूजा वस्त्राकर टीममा नहुँदा हामी पेस बलिंग आक्रमणलाई लिएर सामान्य चिन्तित थियौं। हामीलाई क्रान्ति प्राप्त भयो, जसमा अघि बढ़्ने असाधारण उत्साह रहेको छ। उनी आफ्नो उमेरभन्दा अधिक परिपक्व छिन्। पाकिस्तानविरुद्ध म्याचमा पनि उनले स्लिपमा फील्डर लगाउने माग गरिन् अनि चाँड़ै विकेट हासिल भयो। प्रतिका भारतीय टीमको निम्ति असाधारण खोज रहिन्। अमनजोत कौरले पनि अलराउण्डरको रूपमा प्रभावित गरिन्। यस जीतपछि म भारतीय महिला क्रिकेटको भविष्ट उज्ज्वल रहेको दावी गर्न सक्छु। तपाईंले धेरै प्रतिभाशाली खेलाड़ीहरू देख्न पाउनु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement