काबुल: अफगानिस्तान क्रिकेट टीमका मुख्य प्रशिक्षक जोनाथन ट्रटले २०२६ टी२० वर्ल्ड कपपछि आफ्नो पदबाट राजीनामा दिनेछन्। ट्रटले जुलाई २०२२-मा टीमको जिम्मेवारी लिएका थिए अनि आफ्नो कार्यकालको अवधि उनले टीमलाई विशेषगरी सेतो बलको क्रिकेटमा एउटा मजबूत एकाईको रूपमा विकसित हुनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)-ले एउटा बयानमा भनेको छ, कोचिंग ट्रान्जिशन कुनै पनि टीमको विकासको स्वाभाविक हिस्सा हुन्छ। यो बद्लाउ अफगानिस्तान टीमको लामो अवधिको रणनीतिक योजनाको हिस्सा हो। यसबीच ट्रटको साथमा ब्याटिंग प्रशिक्षक एण्ड्र्यू पुटिकले पनि टीमबाट अलग हुने फसेला गरेका छन्। उनी जनवरी २०२५-मा अफगानिस्तान टीममा सामेल भएका थिए अनि त्यसअघि उनले पाकिस्तानको टीमसँग पनि काम गरेका थिए। ट्रटको मार्गदर्शनमा नै अफगानिस्तानले पहिलोपल्ट कुनै आईसीसी टुर्नामेण्टको सेमिफाइनलमा स्थान बनाएको थियो। टीमले २०२४ टी२० वर्ल्ड कपको सेमिफाइनलमा स्थान बनाएर यस उपलब्धिलाई हासिल गरेको थियो। यसबाहेक २०२३ वनडे वर्ल्ड कपमा अफगानिस्तानले ईंग्ल्याण्ड, श्रीलंका र पाकिस्तान जस्ता टीमहरूलाई पराजित गरी सबैलाई चकित बनाएको थियो। ट्रटले भने, अफगानिस्तान टीमसँग काम गर्नु मेरो निम्ति गर्वको कुरा रह्यो। खेलाड़ीहरूका जोश र उत्साहले मलाई सदा प्रेरित गऱ्यो। म टीमको उज्ज्वल भविष्यको कामना गर्छु।









