प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिकाे सभा सम्पन्न

खरसाङ: प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिकाे सभा एल्जिन ब्राह्मणको अध्यक्षतामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङको पार्टी कार्यालयमा सम्पन्न भएको छ। सभामा विशेष खरसाङ शहरी क्षेत्रहरुमा बड्दाे प्रवासी श्रमिकहरुको आगमनले स्थानीय श्रमिकहरु राेजगारमा धेरै समस्या भईरहेकाे गुनासोहरु विषयमा चर्चा परिचर्चा गरिएको छ। सभामा चर्चा परिचर्चा गरिए अनुसार हामीमा पनि धेरै धेरै ख्यातिप्राप्त कामदारहरु छन् उनीहरुलाई सही प्रक्रियामा राेजगार दिनुपर्ने हिसाबले नै हामी लागिपरेका छाैँ र यस कुरामा केही हदसम्म समाधान गर्न हेतु संगठनले टाउन कमिटी गठन गर्ने सभामा पारित गरिएको छ। कमिटी गठन गरिनुको लागि संगठनका वरिष्ठ सदस्य प्रसाद सुन्दासलाई संयाेजक नियुक्त गरिएको छ।‌ अबकाे एक महिनामा खरसाङ नगरपालिकाको १ देखि २० नम्बर वार्डसम्मका श्रमिकहरुलाई लिएर सभाकाे आयाेजना गरिने भएको छ। प्रवासी श्रमिकहरुले पनि यस सांगठनिक विषयमा सहयाेग पुराउनु पर्नेछ। क्षेत्रीय श्रमिक संगठनमा उनीहरुकाे पनि सहभागिता हुनु जरुरी छ।सभामा संगठनका अध्यक्ष एल्जिन ब्राह्मण, उप सभापति प्रभाकर राेका, शैलेन्द्र गुरुङ सह सचिव विकास सार्की सांगठनिक सचिव सन्दीप बालकाेठी, नव नियुक्त संयाेजक प्रसाद सुन्दास साथै सदस्यहरु उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement