सोनादा: सोनादादेखि मुनि ग्यारेज लाइन हुँदै रमिते, नाली चउर पचेङ हुँदै ओह्रालो मुण्डा, सिडर्स, रंगमुक जाने रोड हालमा अत्यन्तै जीर्णावस्थामा पुगेको छ। उक्त रोडको विकल्प रोडको रूपमा सोनादाको पेट्रोल पम्प भएर ओह्रालो भालुटार, मिलिङ बस्ती हुँदै नाली चउर निस्कने रोड थियो। यस रोडमा स साना गाडीहरू तेही विकल्प रोडको रूपमा कुद्ने गरेको थियो। तर त्यो रोड रोड पनि मिलिङ बस्ती नजिक खोङखोलामा रहेको पुल भत्केकोले गर्दा यो रोड पनि पूर्ण रुपमा बन्द रहेको छ। यसको कारणले यस क्षेत्रको साधारण जनतालाई धेरै असुविधा भईरहेको छ। यसको साथै गाडीहरु आवात जावतमा धेरै असुविधा भईरहेको छ। यस रोडको मरमत्तिको लागि जनसाधारणले सम्बन्धित विभागमा अपिल गरेका छन्। जनसाधारणले यो रोडको लागि चाँढो गरेर भत्केको पूल मरमत्ति गरिदिने निवेदन गरेका छन्।









