बाघमारा बस्तीस्थित झ्याङ्तेर सामतेलिन छ्योलिङ गुम्बामा काङयुर पूजा शुरु

खरसाङ: तीनधारे महानदी समष्टिको सिविटारको बाघमारा बस्तीमा अवस्थित झ्याङ्तेर सामतेलिन छ्योलिङ गुम्बामा त्रिपिटक काङयुर पूजा आज आईतवारदेखि शुरु गरिएको छ। उक्त काङयुर पूजा आज २ नोभेम्बरदेखि आगामी ११ नोभेम्बरसम्म चल्ने भएको छ। झ्याङतेर सामतेलिन छ्योलिङ गुम्बा सञ्चालन कमिटीको आयोजनामा आयोजित यो काङयुर पूजा बौध्द धर्ममा गरिने पूजाहरुमा एक रहेको छ। उक्त काङयुर पूजा आयोजना गरिनुको मुख्य उद्देश्य सर्वजगतको प्राणीहरूको हितार्थ साथै जनकल्याणको लागि रहेको बताइएको छ‌। यस काङयुर पूजा अन्तर्गत १० र ११ नोभेम्बरको दिन झ्याङतेर सामतेलिन छ्योलिङ गुम्बाको प्रमुख लामा स्याङ्देन म्हेमे (चन्द्रवीर लामा) को निधनपछि अम्बर लामालाई प्रमुख लामा बनाइएको र उनको र रिम्पोर्छेको बाहुलीबाट आशिर्वचन प्रचार गरिने भएको छ। यस पूजा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै झ्याङतेर सामतेलिन छ्योलिङ गुम्बाको पूजा आयोजक समितिको संयोजक रञ्जन तामाङले बाघमारा बस्तीस्थित झ्याङ्तेर सामतेलिन छ्योलिङ गुम्बाको आयोजना २ नोभेम्बरदेखि ११ नोभेम्बरसम्म क्याङयुर पूजा आयोजना गरिएको जानकारी गराएका छन्। उनले उक्त काङयुर पूजा आयोजना गरिनुको मुख्य उद्देश्य सर्वजगतको प्राणीहरूको हितार्थ साथै जनकल्याणको लागि रहेको बताएका छन्। उनले यस पूजामा सबैको सहभागिताको आशा रहेको पनि बताएका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement