गोर्खा जातीय संस्कृति र एकता कायम राख्ने उद्देश्यको साथमा खरसाङमा सामुहिक देउसी कार्यक्रम सम्पन्न

खरसाङ: प्रत्येक वर्ष झैं यसपाली पनि मंगर संघ भारत खरसाङ शहर समितिको आयोजनामा सामुहिक देउसी कार्यक्रम सम्पन्न भएको छ। उक्त देउसी कार्यक्रम खरसाङको बस बिसौनीस्थित गोर्खा सांस्कृतिक संस्थान् खरसाङको चिन्तन भवनमा आईतवार सम्पन्न भएको छ।‌ गोर्खा जातीय संस्कृति र एकता कायम राख्ने उद्देश्यको साथमा मंगर संघ भारत खरसाङ शहर समितिको आयोजनामा प्रत्येक वर्ष आयोजना गर्ने गरेको छ।‌ यसै क्रममा तिहारको अन्तिम दिन दिन अर्थात् एकादशीको दिन आईतबार उक्त सामुहिक देउसी कार्यक्रम आयोजना गरिएको छ।‌ सामुहिक रुपमा आयोजित यस देउसी कार्यक्रमलाई प्रताप थापाले सञ्चालन गरेका थिए भने वर्तमान मुख्य सल्लहाकार सीबी आलेको अगुवाईमा सामुहिक देउसी कार्यक्रम सम्पन्न भएको छ। उक्त देउसी कार्यक्रममा मादलमा बिपन आले, विशाल आले लगायत गीतम देवेन थापा लगायत अन्यहरु उपस्थित रहेका थिए। यस सामुहिक देउसी कार्यक्रममा मंगर संघ भारत खरसाङ शहर समितिको सभापति पुरण थापा, हेमन्तकुमार थापा, कोषाध्यक्ष गोपाल थापा लगायत अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए। यस सामुहिक देउसी कार्यक्रममा मुख्य अतिथिको रुपमा गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी सचिव प्रनिता मुखिया घिसिङ उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी उप सभापति बिजया ब्लोन, कोषाध्यक्षा मीना यल्मो, सल्लाहकार सहदेव चामलिङ र रानी थापा र आशा चामलिङ उपस्थित रहेका थिए। मंगर संघ भारत खरसाङ शहर समितिको आयोजनामा विगत २००५ सालदेखि घर घरमा देउसी खेल्ने प्रथा शुरु गरेर दुई वर्षपछि टोल टोलमा र अहिले सामुहिक देउसी कार्यक्रम आयोजना गर्ने गरेको जानकारी पाइन्छ। जातीय संस्कार र संस्कृति जगेर गर्ने उद्देश्यका साथमा देउसी कार्यक्रम शुरु गरिएको थियो। खरसाङ क्षेत्रमा मंगर संघ भारत खरसाङ शहर समितिको आयोजनामा सामुहिक देउसी कार्यक्रम सन् २००५ तिर ४-५ जना मिलेर शुरु गरिएको थियो। त्यसताक देउसी शुरु गर्नेहरुमा अवकाशप्राप्त कप्तान अदीपकुमार थापा, पारसचन्द्र आले, सीबी आले, स्व बीबी आले, स्व. प्रेमकुमार आले विशाल आले, जीवन आले आदि रहेको जानकारी प्राप्त भएको छ। शुरुमा घर घरमा र त्यसपछि टोल टोलमा‌ हुँदै सामुहिक देउसी कार्यक्रम आयोजना गर्ने गरिएको जानकारी प्राप्त भएको छ। यसै सामुहिक देउसी कार्यक्रम गत वर्ष खरसाङको भिक्टोरियामा‌ आयोजना गरिएको थियो भने यसपाली गोर्खा सांस्कृतिक संस्थान् खरसाङको चिन्तन भवनमा सम्पन्न भएको छ।‌ यस कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा उपस्थित गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी सचिव प्रनिता मुखिया घिसिङले वक्तव्य राख्दै सामुहिक देउसीको महत्व विषयमा जानकारी गराएकी थिइन्। उनले देउसीको सामाजिक, धार्मिक र सांस्कृतिक महत्व रहेको बताउँदै देउसीले तीन पक्षहरु सामाजिक, धार्मिक र सांस्कृतिक पक्षलाई संरक्षण गर्ने पनि बताएकी छन्।‌ उनले लोक गीत, लोक संस्कृति र नृत्यहरु संरक्षण गर्नु पर्ने र हाम्रो संस्कार र संस्कृतिको भावी पिँढीलाई बताउनु पर्ने बताएकी छन्। यस देउसी कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै मंगर संघ भारत खरसाङ शहर समितिको सभापति पुरण थापा र सचिव हेमन्तकुमार थापाले मंगर संघ भारत खरसाङ शहर समितिको आयोजनामा प्रत्येक वर्ष सामुहिक देउसी कार्यक्रम आयोजना गरिने र यसपाली गोर्खा सांस्कृतिक संस्थान् खरसाङको चिन्तन भवनमा सामुहिक देउसी कार्यक्रम आयोजना गरिएको र यहाँ आयोजना गरिनु गोर्खा जातीय संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्य राखिएको बताएका छन्। दुवैले सामुहिक देउसी कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement