म्याड्रिड: रियल म्याड्रिडले स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा आफ्नो विजयाभियान जारी राख्यो। यसबाहेक एट्लेटिको म्याड्रिडले पनि आफ्नो म्याच जित्यो। आइतवार राति खेलिएको म्याचमा रियल म्याड्रिडले भेलेन्सियालाई ४-०-ले पिट्यो। आफ्नो होम ग्राउण्ड सेण्टियागो बर्नब्यू स्टेडियममा ६६ प्रतिशत पोजेशनको साथ खेल्दै रियलले दुवै हाफमा उत्कृष्ट प्रदर्शन गर्दै म्याच जित्यो। विजेता टीमको निम्ति कीलियन एम्बाप्पेले १९औं र ३१औं मिनटमा २ गोल गरे। यसबाहेक जूड बेलिंघमले ४४औं र अल्वारो कारेरासले ८२औं मिनटमा गोल गरे। यस जीतको साथ रियल म्याड्रिड ११ वटा म्याचमा ३० पोइण्ट्सको साथ ला लीगा पोइण्ट्स टेबलको शीर्षमा कायम रह्यो। अहिले यस टीमसँग शीर्षमा ७ पोइण्ट्सको बढ़त रहेको छ। यसरी एट्लेटिको म्याड्रिडलले सेविलेविरुद्ध ३-०-ले जीत दर्ता गऱ्यो। आफ्नो होम ग्राउण्ड रियाद एयर मेट्रोपोलिटानो स्टेडियममा ४५ प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिकोले म्याडको जम्मै गोल मध्यान्तरपछि हासिल गऱ्यो। यसमा जूलियन अल्वारेजले ६४औं, थिएगो अलमाडाले ७७औं र एण्टोनी ग्रीजम्यानले ९०औं मिनटमा गोल गरे। यस जीतको साथ एट्लेटिको म्याड्रिड २२ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा चौथो स्थानमा रहन पुग्यो। ला लीगाको जारी सीजनमा निरन्तर असल प्रदर्शन गर्ने भिल्लारियलले पनि रायो भाल्लेकानोविरुद्ध ४-०-ले जीत हासिल गऱ्यो। यस जीतपछि भिल्लारियलले २३ पोइण्ट्सको साथ दोस्रो स्थान हासिल गऱ्यो। अन्य म्याचहरूमा गेटाफेले जिरोनालाई २-१-ले र रियल सोसिएदादले एथलेटिक क्लबलाई ३-२-ले पराजित गऱ्यो।










