मुम्बई: आईसीसी महिला वनडे वर्ल्ड कपमा पहिलोपल्ट खिताब जित्न उत्साहित भारतीय महिला टीमकी कप्तान हरमनप्रीत कौरले उनले वैश्विक मञ्चमा धेरैपल्ट हारको निराशा देखेकी तर अहिले टीम जीतको खुशीयाली मनाउने प्रतीक्षामा रहेको बताइन्। भारतले आइतवार डीवाई पाटिल स्टेडियममा खेलिने फाइनलमा दक्षिण अफ्रिकाको चुनौती स्वीकार्नेछ। दुवै टीमले अहिलेसम्म टुर्नामेण्टमा खिताब जित्न नसकेको हुनाले नयाँ वर्ल्ड च्याम्पियन प्राप्त हुने पक्का छ। हरमनप्रीतले शनिवार भनिन्, हारको भावना कस्तो हुन्छ भन्ने हामीलाई थाहा छ तर अहिले हामी जीतपछि खुशीको मजा लिने प्रतीक्षा गरिरहेकी छौं। भोलिको दिन हाम्रो निम्ति विशेष रहने आशा छ अनि हामी आफ्नो सर्वश्रेष्ठ प्रयास गर्न चाहन्छौं। उल्लेखनीय छ, भारतको यो तेस्रो वर्ल्ड कप फाइनल हुनेछ। यसअघि २००५ र २०१७-को वर्ल्ड कप फाइनलमा टीम हारको सम्मुखीन भएको थियो। हरमनप्रीत २०१७ वर्ल्ड कपमा भारतीय टीमको हिस्सा थिइन्। उनले भनिन्, यो हामी सबैको निम्ति गर्वको क्षण हो अनि गत २ वटा म्याचमा हाम्रो प्रदर्शनमाथि सम्पूर्ण देशवासीलाई गर्व भएको हामीलाई भरोसा छ। यो ठूलो म्याच हुनेछ अनि हामी आफ्नो खेलको मजा लिन चाहन्छौं।
भारतीय टीममाथि एक समय लीग चरणमै बाहिर हुने संकट छाएको थियो तर न्यूजील्याण्डलाई पराजित गरी सेमिफाइनलमा पुग्नको भारतले फर्म हासिल गऱ्यो। सेमिफाइनलमा भारतले ७ पल्टको च्याम्पियन अष्ट्रेलियालाई ५ विकेटले पराजित गऱ्यो। फाइनलको निम्ति टीमलाई प्रेरित गर्ने प्रसंगमा हरमनप्रीतले भनिन्, हामी अघि वर्ल्ड कप फाइनल रहेको छ। यसभन्दा ठूलो प्रेरणा अरू केही हुन सक्दैन। सबै खेलाड़ीको एउटै लक्ष्य रहेको छ, ट्रफी जित्ने। यस चुनौतीको निम्ति पूरा टीम तयार छ। अहिले पूरा टीम एकजुट छ अनि आइतवार एउटै सपना लिएर मैदानमा ओर्लिनेछौं।








