देउराली संघ नक्आउट फूटबलः बाहुनडांगी युवा क्लब सेमिफाइनलमा

२५ सेप्टेम्बरः देउराली संघ रंगमोहन (च्यांगा, पानीघट्टा)-को तत्त्वावधानमा आयोजित देउराली संघ नक्आउट फूटबल टुर्नामेण्ट (काईंली तामाङको स्मृतिमा)- मा बाहुनडाँगी युवा क्लबले सेमिफाइनलमा स्थान बनायो। रंगमोहन हाई स्कूल मैदानमा आइतवार खेलिएको दोस्रो क्वार्टर फाइनल म्याचमा नेपालको टीम बाहुनडांगी युवा क्लबले एमटीवाईएस मगरटोलालाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट विप्लव श्रेष्ठ र रिक्की श्रेष्ठले १-१ गोल गरे। यसरी नै एमटीवाईएस मगरटोलाबाट अनमोल तामाङले १ गोल गरे। अब सोमवार खेलिने तेस्रो क्वार्टर फाइनल म्याचमा सिमलबारी टीई र सुबोथ फूटबल एकाडमीबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २८ र २९ सेप्टेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अध्यक्ष रजत तामाङले जनाएका छन्।

About Author

Advertisement