सोनादाको स्कट्स मिशन प्राथमिक पाठशालाद्वारा वार्षिक मेलाको आयोजना गरिने

सोनादा: सोनादाको स्कट्स मिशन प्राथमिक पाठशालाद्वारा गत वर्ष झैं यस वर्ष पनि पाठशालाको प्राङ्गणमा वार्षिक मेलाको आयोजना गर्ने भएको छ। उक्त वार्षिक मेला आगामी ७ नोभेम्बर २०२५ शुक्रवारको दिन आयोजना गरिने भएका छ। यसको लागि सोनादाको स्कट्स मिशन प्राथमिक पाठशालामा पाठशालाको प्रधान अध्यापक मेगनमणि थापा, सह शिक्षक एमबी थापा र अन्य शिक्षक शिक्षिकाहरु, पाठशाला सञ्चालन समितिको सभापति सुरेनकुमार राई र पाठशालाको एटेनडेन्स कमिटीको सभापति रसिक छेत्री बसेर सभा सम्पन्न भएको छ‌। उक्त सभामा नै आगामी ७ नोभेम्बरमा पाठशालामा वार्षिक मेला आयोजना गरिने भएको छ। यसको साथै सभामा पाठशालाको हल प्रयोग गर्नको लागि अब ५०० रुपियाँबाट बढाएर ६०० रुपियाँ गरिएको साथै यस हल‌ प्रयोगको लागि २-३ दिन अघि नै लिखित रुपमा पत्रचार गरेर अनुमति लिनु पर्ने निर्णय गरिएको छ। यसको साथै हल‌ प्रयोग गरेर सर सफाई गर्नु पर्ने पनि बताइएको छ। उक्त सभापछि पत्रकारहरुसित कुराकानी गर्दै सोनादाको स्कट्स मिशन प्राथमिक पाठशालाका प्रधान अध्यापक मेहनमणि थापाले वार्षिक रुपमा आयोजना गरिने पाठशालाको वार्षिक मेला यसपाली आगामी ७ नोभेम्बरमा आयोजना गरिएको र यस वार्षिक मेलामा सबैलाई उपस्थित भईदिने अनुरोध पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement