झापा: बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’का कारण यही कात्तिक १२ गते रातिबाट सक्रिय भएको वर्षा पार्ने प्रणाली नेपालको पूर्वकेन्द्रित भएको छ।
विभागका अनुसार पछिल्लो २४ घण्टामा मोरङको हरैँचामा सबैभन्दा बढी २५० मिलीमिटर वर्षा भएको छ। यो अतिभारी वर्षा हो। झापामा १७२, उदयपुरमा १०३, इलाममा १५५ मिलीमिटर, गोरखामा १६५, मनाङमा ११२.८ मिलीमिटर वर्षा भएको छ। यो धेरै भारी वर्षा हो।
लमजुङमा ८४, सिरहामा ८३ मिलीमिटर वर्षा भएको छ। अन्य धेरै मापन केन्द्रमा ५० देखि ८० मिलीमिटरबीचमा वर्षा भएको छ। अघिल्लो मनसुनी वर्षामा इलाममा २५० मिलीमिटरमाथि वर्षा हुँदा बाढी र पहिरोले ठूलो जनधानको क्षति पुर्याएको थियो। त्यसैले मौसम विज्ञान विभागले आज राति पूर्वमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।










