झापा: नेकपा (एकीकृत समाजवादी) पार्टीले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्ने निर्णय गरेको छ। शुक्रबार काठमाडौंमा भएको पार्टीको तेस्रो विस्तारित केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको हो।
बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रकाश ज्वालाले बाम एकता हालको प्रमुख राजनीतिक चासो भएको बताउँदै भने, ‘यो बैठकले नेकपा माओवादी केन्द्रलगायतका दलसँग पार्टी एकता गर्ने महत्वपूर्ण निर्णय गरेको छ।’
बैठकमा सबैभन्दा धेरै छलफल भएको र बैठक बाहिर पनि आम चासोका रुपमा हेरिएको विषय बाम एकताको विषय हो। यो विषयमा हाम्रो पार्टीको यो बैठकले महत्वपूर्ण निर्णय गरेको छ, उनले भने।
उनका अनुसार, एकता प्रक्रियाको सम्पूर्ण जिम्मेवारी पार्टीको सचिवालयलाई दिइएको छ। अब एकताको बाँकी प्रक्रिया सचिवालयले अघि बढाउने छ।










