निरन्तरको पानीले छोटा रंगीतको जलस्तर बढने खतराबीच बिजनबारी महाविद्यालयमा २० परिवारलाई स्थानान्तरण

IMG-20251101-WA0000

बिजनबारी: निरन्तरको पानीले छोटा रंगीत नदीको जलस्तर बढेपछि यसको नजिक बसोबास गर्ने मानिसहरूलाई हुनसक्ने खतरालाई मध्यनजर राख्दै २० परिवारहरुलाई कुनै दुर्घटना नहोस् भन्ने पक्षमा बिजनबारी महाविद्यालमा अस्थायी रूपमा स्थानान्तरण गरिएको छ। जसमा ८ परिवार थाना लाईन पुलबजार तथा १२ वरिवार मनिधारा गाउँबाट स्थानान्तरण गरिएको जानकारी समष्टि सभासद सन्दिप छेत्रीले दिएका छन्। यसको साथमा उनले बिजनबारी डिग्री कलेजमा आएर सबै वासिन्दाहरूलाई भेटघाट गरी कुनै प्रकारको असुविधा भए आफुसँग सम्पर्क गर्ने र सहयोगको वचन दिएका छन्। यसरी नै पुलबजार थाना प्रभारी विवेक राईले पनि प्रशासनको पक्षबाट सकेसम्म सहयोग गरिरहेको तथा विगत ४ अक्टोबर आएको भीषण वर्षाले पुल बजारको ब्रिज बगाएपछि त्यस गाउँमा बसोबास गर्न खतरा भएको कारणले स्थानान्तरण गरिएको उनले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement