नेपाली चलचित्र मिथ-को टिजर रिलिज

IMG_20220925_215406.jpg

गान्तोक: नेपाली चलचित्र मिथ-को आज टिजर रिलिज गरियो। राजधानीस्थित मनन केन्द्रमा आयोजित एक कार्यक्रमबीच उक्त चलचित्रको टिजर रिलिज गरिएको हो।यस अवसरमा मुख्य अतिथिकोरूपमा सिक्किम विधानसभाका अध्यक्ष अरूण उप्रेती रहेका थिए भने विशिष्ट अतिथिमा संस्कृति एवं धरोहर विभागकी अध्यक्ष भीम कुमारी शर्मा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि अरूण उप्रेतीले राज्यमा निर्मित चलचित्र उत्कृष्ट हुनुपर्ने र यसले बलिउड र कलिउडसम्म छाप छोड्न सक्ने बनाउनु पर्ने आग्रह गरे। सिक्किमबाट निर्मित चलचित्र हिन्दी, अग्रेजी भाषामा पनि डब गरिनु पर्ने सुझाउ दिए। अन्ततः उनले यस चलचित्रका सम्पूर्ण टोलीलाई बधाई दिँदै चलचित्रको सफलताको कामना गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *