३६औं नेशनल गोम्स २०२२मा सिक्किमका ६ खेलाड़ीले भाग लिने

IMG-20220925-WA0188.jpg

गान्तोक: आगामी २७ सेप्टेम्बरदेखि १० अक्टोबरसम्म गुजरातमा आयोजना हुने ३६औं नेशनल गेम्स अफ् इण्डियामा सिक्किमका छ खेलाड़ीहरूले एथलेटिक्स, बक्सिङ, स्टेटबोर्ड अनि हुसुमा खेलमा भाग लिइरहेका छन्। उक्त खेलमा सहभागी बन्ने खेलाड़ीहरूलाई प्रोत्साहन अनि शुभकामना व्यक्त गर्न सिक्किम ओलम्पिक एसोसिएशनले आज राजधानीको एउटा होटलमा कार्यक्रम आयोजना गऱ्यो। उक्त कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ मुख्य अतिथिको रुपमा उपस्थित थिए। कार्यक्रममा मुख्य अतिथि जेकब खालिङले सिक्किम कन्टिजेन्टको निम्ति तयार गरेको ट्र्याक सुइट अनि ब्लेजर सार्वजनिक गरेर खेलाड़ी अनि कोचहरूलाई हस्तान्तरण गरे। खेलाड़ीहरूसँग कुराकानी गर्दै खालिङले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा रहेको एसकेएम सरकार सँधै राज्यका खेलाड़ीहरूलाई सहयोग गर्न अघि रहेको बताउँदै अहिले सिक्किमले खेलको क्षेत्रमा विकास गरिरहेको बताए। केही समयदेखि यता सिक्किमले राष्ट्रिय अन्तरराष्ट्रिस्तरमा थुप्रै उपलब्धिहरू हत्याइरहेको पनि उनले अवगत गराए। कुनै पनि स्तरको खेलमा भाग लिन खेलाड़ीहरू कतै जानअघि राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले स्वयं उक्त खेलाड़ीहरूलाई भेट गरेर शुभकामना दिने गरेको अनि ती खेलाड़ीहरूलाई व्यवसायिक खेलाड़ी बन्नमा प्रोत्सानह गरिरहेको उनले थप बताए। अन्य राज्यका खेलाड़ीहरूझैं सिक्किमका खएलाड़ीहरू पनि व्यवसाहिक होस् भन्ने ध्येय मुख्यमन्त्रीको रहेको उनले सबैलाई जानकारी गराए। उनले खेलाड़ीहरूलाई हवाईजहाजको उदाहरण पस्कँदै जहाज आकाशमा उड़्न अघि रनवेमा रगड़िने गरेको साथै आकाशमा उड़िसकेर फेरि भुईंमानै अवतरण हुने गरेको बताउँदै खेलाड़ीहरूलाई पनि खेलमा राम्रो प्रदर्शन गर्नको निम्ति धेरै मेहनत गर्नुपर्ने सुझाउ दिए। ३६औं नेशनल गेम्स अफ् इण्डायमा भाग लिन गुजरात प्रस्थान भइरहेका खेलाड़ीहरूलाई मेडल जितेर गृह राज्य फर्कने शुभकामना व्यक्त गर्दै उनले आफ्नो पक्षबाट केही आर्थिक सहयोग प्रदान गर्ने पनि घोषणा गरे।

यसको साथै खेलाड़ीहरूलाई ऊर्जा दिन सिक्किम ओलम्पिक एसोसिएशनले पनि स्वर्ण पदक विजेतालाई १ लाख कांस्य पदक विजेतालाई ७५ हजार, रजत पदक जित्नेलाई ५० अनि कोच र एसोसिएशनलाई ५० -५० हजार प्रोत्साहन राशी प्रदान गर्ने घोषणा गरे। यसको साथै वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा रहेको सिक्किम सरकारले खेलाड़ीहरूलाई प्रदान गरिरहेको सहयोग अनि प्रोत्साहनको निम्ति आभार व्यक्त गरे। खेलाड़ीहरूलाई नौकरीको निम्ति आरक्षण २ प्रतिशतदेखि बढ़ाएर ५ प्रतिशत बनाएको साथै ओलम्पिकमा पदक विजेताहरूलाई दिइने इनाम राशीमा पनि बढ़ोत्तरी गरेकोमा एसोसिएशनको पक्षबाट अध्यक्ष कुबेर भण्डारीले आभार व्यक्त गरे। यसको साथै वर्तमान सरकारको पहलमा सीएसआर अन्तर्गत विभिन्न खेलकूद एसोसिएशनलाई प्राप्त ६७ लाख रुपियाँको धानराशीको निम्ति एसोसिएशनले मुख्यमन्त्रीप्रति आभार व्यक्त गरेको छ।

ज्ञात रहोस् गोवामा हुने ३६औं नेशनल गेम्स अफ् इण्डिया कुनै कारणवस् २७ सेप्टेम्बरदेखि गुजरातमा हुनलागेको हो जसमा खेलाड़ी अनि अफिसियल सहित १४ जनाको टोलीले सिक्किमबाट आंशग्रहण गरिरहेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *