याङ्थाङ समष्टिबाट १२ परिवार एसकेएम पार्टीमा सामेल

IMG-20220925-WA0187.jpg

गान्तोक: हाल राज्यमा विपक्षी एसडीएफ पार्टी त्यागेर जनता सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा समावेश हुने क्रम जारी छ। यसै क्रममा आज पश्चिम सिक्किमको याङ्थाङ निर्वाचन क्षेत्रको लिङ्चोम ग्राम पञ्चायत एकाइबाट कूल १२ परिवारले एसडीएफ पार्टी छोडेर एसकेएममा प्रवेश लिए। क्षेत्र विधायक तथा भीम हाङ सुब्बाको निवासमा उनीहरू पार्टीमा सामेल भएका हुन् भने विधायक सुब्बाले पार्टीमा सामेल हुनेहरूलाई स्वागत जनाए। सामेल हुनेहरूमा एसडीएफ पार्टीका बीएलसी अध्यक्ष रामबहादुर राई,सीएलसी महासचिव कैलाश सुब्बा,अप्पर लिङ्चोम वार्डका युवा प्रभारी प्रेमकुमार सुब्बा सहित अन्य सदस्यहरू रहेका छन्। मन्त्री भिमहाङ सुब्बाले नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत गर्दै क्षेत्र अनि राज्यको विकासको निम्ति एकत्रित भएर काम गर्नुपर्ने सबैलाई सुझाव दिए। मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वामा एसकेएम पार्टीमा कुनै नयाँ पुरानो भन्ने भेद नरहेको बताए। नयाँ सदस्यहरूले पनि पार्टीको नीति र सिद्धान्त मन परेर साथै जनताले पूर्व सरकारमा भन्दा वर्तमान सरकारको कार्यकालमा न्याय पाएको देखेपछि उत्प्रेरित बन्दै आफूहरूले सत्तारूढ पार्टीमा प्रवेश लिएको बताए।

About Author

Advertisement