सोनादा क्षेत्रको ८ माइलमा गाडी दुर्घटनामा २ को मृत्यु ६ जना गम्भीर घाइते

IMG-20251030-WA0135

सोनादा: सोनादा क्षेत्र अन्तर्गत ८ माइलमा गाडी दुर्घटनाग्रस्त हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएको जानकारी प्राप्त भएको छ। सिलगढीदेखि दार्जीलिङतर्फ प्यासेञ्जर बोकेर गईरहेको गाडी राती लगभग ७:३० देखि ८ बजीको समयमा गोराबारी नजिक राष्ट्रिय राजमार्ग ११० अन्तर्गत ८ माइल नजिकै दुर्घटनाग्रस्त भएर दुईजनाको घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको छ।दुईजना मृत्यु हुनेहरुको नाम अभिमन्यु प्रसाद र अरुण मुखिया भनी चिन्हित गरिएको छ। गाडीमा‌ सवार 6 जना गम्भीर घाइते भएकाहरुलाई सोनादा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि दार्जिलिङ सदर अस्पताल रेफर गरिएको जानकारी प्राप्त भएको छ। उक्त दुर्घटना स्थलमा पुलिस प्रशासन, अग्निशमन विभाग र स्थानीय मानिसहरूले उद्धार कार्य गरेका थिए। यस उध्दार कार्यमा जोरबंगलो पुलिस थाना, सोनादा पुलिस आउट पोष्टको पुलिसहरु र सोनादा ट्राफिक पुलिसहरु पनि रहेको बताइएको छ‌। उक्त दुर्घटनापछि सोनादा उप स्वास्थ्य केन्द्रमा उपचारको लागि ल्याइएको घाइतेहरुसित भेट्न जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान, सभासद नुरी शेर्पा, रोगी कल्याण समितिको सभापति दिवस छेत्री र कर्माध्यक्ष बबिन्द्र राई पनि उपस्थित रहेका छन्।

जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले दार्जिलिङ र खरसाङबाट एम्बुलेन्सहरु बोलाएर घाइतेहरुलाई सोनादा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको गराउनु साथै दार्जिलिङ रेफर गराउन सहयोग गरेका थिए‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement