सिटोङ तीन ग्राम पञ्चायतको २१२ जना कृषकहरुलाई मौरीको डुँडहरु वितरण

IMG-20251030-WA0124

खरसाङ: पश्चिम बगांल सरकार कृषि विभागको भूमि संरक्षण शाखा अनि हिल डेभलपमेन्ट दार्जिलिङ अनि खरसाङ खण्ड अन्तर्गत सिटोङ तीन ग्राम पञ्चायतको सहयोगमा सिटोङ तीन ग्राम पञ्चायत अन्तर्गत रोलक लङ्कु कलस्टरका कृषकवर्गलाई आधुनिक ढाँचाको मौरीको डुँडहरु वितरण गरिएको छ। यस क्षेत्रका २१२ जना कृषकहरुलाई उक्त मौरीको डुँड बिहीबार कृषि विभागीय सह- निर्देशक पीएन बस्नेत साथै टोली लगायत सिटोङ तीन ग्राम पञ्चायतको उप प्रधान लाडुप लेप्चाको उपस्थितिमा ग्राम पञ्चायत कार्यालय परिसरमा वितरण गरिएको छ। यस अवसरमा यसपाली सरकारको प्रकल्प अनुसार यसरी यसक्षेत्रका कृषकवर्गलाई आरएडी – सीसी २०२५-२०२६ अन्तर्गत यस्ता विभिन्न सहुलियत र सहयोग प्रदान गरिएको सह निर्देशक पीएन बस्नेतले बताए।‌ उनले आगामी दिनमा मौरी पालनसँग सम्बन्धित सर सामाग्रीहरु पनि प्रदान गरिने अनि मौरी पालन विषयमा तालिम पनि दिने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement