सम्थार: सम्थार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित छेडुप लामा स्मृति सम्थार गोल्ड कप आमन्त्रणी फूटबल टुर्नामेण्टमा मिक्स्ड अप बोयज, खरसाङले फाइनलमा स्थान बनायो। सम्थार खेल मैदानमा बुधवार भएको पहिलो सेमिफाइनल म्याचमा मिक्स्ड अप बोयजले रियल फ्रेण्ड्स फरएवर (सिक्किम)-विरुद्ध पेनल्टी शूटआउटमा ९-८-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। रियल फ्रेण्ड्स फरएवर टीमका कर्मा भूटियालाई प्लेयर अव् द म्याच चयन गरियो। बिहीवार खेलिने दोस्रो सेमिफाइनलमा नेताजी युथ क्लब, सेवोक र शक्ति संघ, कालीझोड़ाबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा ८ वटा शीर्ष टीमहरूले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल ३ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










