सिक्किममा महिला उत्पीडन विवाद

IMG-20240717-WA0003

विपक्षी दलहरूले सत्तारुढ़ पार्टीमाथि सवाल उठाए

गान्तोक: सामाजिक सञ्जालमा महिलाहरू विरुद्ध उत्पीडनको मुद्दा सिक्किममा राजनीतिक तनाव बढाउने कारण बनेको छ। यस विषयमा विपक्षी दलहरूले सत्तारुढ़ एसकेएम पार्टीमाथि प्रश्न उठाउन थालेका छन्।
विपक्षी सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका अनुसार, फेक आईडीबाट पार्टीकी युवा नेता रिमा चापागाईंमाथि गत 14 सेप्टेम्बरमा असहनीय, अभ्रद र अश्लील कमेन्ट गरिएको थियो। सीएपी महिला परिषद् अध्यक्ष बिना शर्माले प्रशासन र सरकारको मौनताप्रति आपत्ति जनाउँदै, अपराधीलाई पक्राउ गर्ने सट्टा फेक आईडी बनाएर अभद्र टिप्पणी जारी रहेको आरोप लगाइन्।
त्यस्तै, विपक्ष एसडीएफकी प्रवक्ता योजना खालिङमाथि पनि दुईवटा फेक आईडी मार्फत दुरुस्तै कमेन्ट भइरहेको बताइएको छ। शर्मा भन्छिन्, “यदि कुनै अपराधीलाई सत्ता पक्षले जोगाउँछ भने त्यो अपराध सत्ताद्वारा नै सञ्चालित हुन्छ। सरकार अपराध रोक्न असफल हुँदा जिम्मेवारी पनि उसकै हुन्छ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement