बिरामीहरुको सुविधाका लागि समाज सेवकलाई दुईवटा ह्विल चियर प्रदान

IMG-20251029-WA0136

खरसाङ: बिरामीहरुको सुविधाका लागि तीनधारेका समाज सेवक सतीश राईलाई जोगमाया चियाबारी निवासी सिदान्त थापाले आफ्नो स्वर्गीय बाजे कालुसिंह थापाको नाममा दुईवटा ह्विल चियर प्रदान गरेका छन्। घैयाबारी ग्राम पञ्चायत तीन अन्तर्गत जोगमाया चियाबारी निवासी सिदान्त थापाले आफ्नो स्वर्गीय बाजे कालुसिंह थापाको नाममा तीनधारेको १७ माईलका समाज सेवक सतीश राईलाई दुईवटा ह्विल चियर प्रदान गरेर सहयोग गरेका छन्। तीनधारेको १७ माइल निवासी समाज सेवक सतीश राईले विगत गत धेरै वर्षदेखि सिलगढीस्थित नर्थ बेंगल मेडिकल कलेजमा असहाय पिढित बिरामीहरुको निःशुल्क उपचार गराउँदै आईरहेका छन् भने उनको यो परिश्रम, सेवा भावना देखेर सिदान्त थापाले आफ्नो स्वर्गीय बाजे कालुसिंह थापाको नाममा परिवारले बिरामीहरुको सुविधा होस भनी सतीश राईलाई आज यो ह्विल चियर प्रदान गरेको बताइएको छ। यो ह्विल चियरले अब बिरामीहरुको धेरै सेवा गर्ने सतीश राईले बताउँदै सिदान्त थापा र उनको परिवारलाई धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement