एनएचआईडीसीएलको कार्यकारी निर्देशकद्वारा एनएच ११० अन्तर्गत पगलाझोडा क्षेत्रको निरीक्षण

IMG-20251029-WA0135

खरसाङ: एनएचआईडीसीएलको कार्यकारी निर्देशक मनोज कुमारले राष्ट्रिय राजमार्ग ११० अन्तर्गत पगलाझोडाको पैह्रो क्षेत्रको निरीक्षण भ्रमण गरेका छन्। राष्ट्रिय राजमार्ग ११० को जिम्मेवारी एनएचआईडीसीएलले लिएपछि कुनै ठूलो अधिकारीको यो भ्रमण महत्वपूर्ण मानिएको छ। एनएचआईडीसीएल अन्तर्गत दिल्लीबाट आएका कार्यकारी निर्देशक मनोज कुमारले राष्ट्रिय राजमार्ग ११० अन्तर्गत पगलाझोडाको पैह्रो क्षेत्रको स्थलगत निरीक्षण साथै थाँतीमा रहेको कामहरु निरीक्षण गर्नलाई आएको बताइएको छ।

यसावधि उनले पगलाझोडाको पैह्रो क्षेत्रमा पहिलाको काम किन थाँतीमा रहेको र कसरी काम गर्नु पर्ने भन्ने विषयमा निरीक्षण गरिएको जानकारी प्राप्त भएको छ। विशेष गरेर यो पैह्रो क्षेत्रको स्टडी गर्न र काम विषयमा निरीक्षण गरिएको बताइएको छ। उनले तीनधारेको ‘वी लभ तीनधारे’ क्षेत्र र महानदीको तिरसठ पाखामा रहेको पैह्रो पनि निरीक्षण गरिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement