सम्थार गोल्ड कपः शक्ति संघ सेमिफाइनलमा पुग्न सफल

photocollage_2025102823201194

सम्थार: सम्थार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित छेडुप लामा स्मृति सम्थार गोल्ड कप आमन्त्रणी फूटबल टुर्नामेण्टमा शक्ति संघ, कालीझोड़ाले सजिलै सेमिफाइनलमा स्थान बनायो। सम्थार खेल मैदानमा मंगलवार भएको अन्तिम क्वार्टर फाइनल म्याचमा शक्ति संघ, कालीझोड़ाले सुम्बुक एफसी (सिक्किम)-विरुद्ध ५-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट नीरज कार्की (११औं र ५७औं मिनट) र आशिष चापागाईं (२६औं र ३२औं मिनट)-ले २-२ गोल गरे। यसबाहेक गिल्सन लिम्बुले पहिलो मिनटमा गोल गरे। विजेता टीमका फरवर्ड गिल्सन लिम्बुलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा ८ वटा शीर्ष टीमहरूले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २९ र ३० अक्टोबरमा हुनेछ। यसरी फाइनल ३ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement