वनडे ब्याटिंग ऱ्याङकिंगमा स्मृति मन्धनाको उत्थान जारी

IMG-20251028-WA0180

दुबई: भारतीय ब्याटर स्मृति मन्धनाले महिला वनडे वर्ल्ड कपमा न्यूजील्याण्डविरुद्ध शतक (१०९ रन) र बंग्लादेशविरुद्ध ३४ रन बनाएर महिला वनडे ऱ्याङकिंगमा शीर्ष ब्याटरको रूपमा आफ्नो स्थितिलाई मजबूत गरेर आफ्नो करियरको सर्वश्रेष्ठ रेटिंग हासिल गरेकी छन्। सेप्टेम्बरमा आईसीसीद्वारा महिनाको सर्वश्रेष्ठ महिला खेलाड़ी चयन भएकी मन्धनासँग अहिले ८२८ रेटिंग पोइण्ट्स रहेको छ, जुन दोस्रो स्थानमा रहने अष्ट्रेलियाई क्रिकेटर एश्ले गार्डनरको भन्दा लगभग १०० पोइण्ट्स अधिक हो। गार्डनर ७३१ पोइण्ट्सको साथ दोस्रो स्थानमा रहेकी छन् अनि टुर्नामेण्टमा ईंग्ल्याण्डविरुद्ध शतकको साथ उनी ६ स्थान अघि बढ़ेकी छन्। यसरी मन्धनाकी ओपनिंग जोड़ीदार प्रतिका रावलले पनि ठूलो सुधार गर्दै शीर्ष ३०-मा स्थान बनाएकी छन्। चोटले गर्दा वर्ल्ड कपबाट बाहिर हुने प्रतिका ५६४ रेटिंग पोइण्ट्सको साथ २७औं स्थानमा रहेकी छन्। दक्षिण अफ्रिकाकी कप्तान लौरा वोल्वार्ड्ट पनि ९० र ३१ रनको ईनिंग्सको साथ २ स्थानको सुधार गरी तेस्रो स्थानमा पुगेकी छन्। ईंग्ल्याण्डकी एमी जोन्स ४ स्थानको सुधार गरी नवौं स्थानमा पुगेकी छन्। यसरी एनाबेल सदरल्याण्डले १६ स्थानको सुधार गरी १६औं स्थान हासिल गरेकी छन्। बलरहरूमा ईंग्ल्याण्डकी स्पिनर सोफी एक्लेस्टोन ७४७ रेटिंगको साथ शीर्ष स्थानमा कायम छिन् जबकि अष्ट्रेलियाकी अलाना किंग करियरको सर्वश्रेष्ठ ६९८ रेटिंगको साथ दोस्रो स्थानमा पुगेकी छन्। उनकै टीमकी एश्ले गार्डनर चाहिँ झरेर तेस्रो स्थानमा पुगेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement