दार्जिलिङ जिल्ला भाजपा अध्यक्ष र सिक्किम भाजपा युवा अध्यक्षमा‌झ शिष्टाचार

IMG-20251028-WA0178

दार्जिलिङ: दार्जिलिङ भाजपा जिल्ला अध्यक्ष सञ्जीव लामा र सिक्किम राज्यको राजधानी गान्तोकमा भाजपा युवा मोर्चाका राज्य समिति अध्यक्ष ललित पोखरेल शर्माबीच मंगलवार शिष्टाचार भेट भयो। उक्त भेटघाट आपसी शुभकामना र हालैका नियुक्तिहरू तथा साझा संगठनात्मक जिम्मेवारीहरूबारे कुराकानी भएको जानकारी प्राप्त भएको छ। दुवै नेताहरूबीच पार्टीको संगठनात्मक संरचना सुदृढ गर्ने र सिक्किम तथा दार्जिलिङबीचको समन्वय सम्बन्ध अझ प्रभावकारी बनाउने विषयमा रचनात्मक छलफल भएको जानकारी प्राप्त भएको छ। यसको साथै दुवैले भविष्यमा विकास आवश्यकताहरू, युवाशक्तिको सशक्तीकरण, क्षेत्रीय एकता र दुवै क्षेत्रको समुन्नतिको साझा दृष्टिकोणबारे पनि विचार–विमर्श गरेको पनि बताइएको छ। भेटघाटको क्रममा दुवै नेताहरूले माननीय प्रधानमन्त्री नरेन्द्र मोदीको गतिशील नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) अन्तर्गत देश र क्षेत्रको प्रगतिप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement