चन्द्रमानधुराको पैह्रो पिढीतहरुलाई राहत सामग्रीहरु वितरण

IMG-20251028-WA0177

पैह्रो पिढीत परिवारहरुलाई घर निर्माणको माग

सोनादा: रंगबुल धोत्रे रंगमुक समष्टिको चन्द्रमानधुरा क्षेत्रको पैह्रो पीडितहरुलाई राहत सामग्रीहरु प्रदान गरिएको छ। उक्त पैह्रोले चन्द्रमानधुरा क्षेत्रको लगभग ३२ परिवारहरु चन्दमानधुरा प्राथमिक पाठशालाको रिलिफ क्याम्पमा बसिरहेका ती पैह्रो पिढीत परिवारहरुलाई भेट्न सिक्किम राज्यबाट डाक्टर नेचर आयुर्वेदिक टोली आज सहयोग पुराउन पुगेका थिए। विशेष यस टोलीमा सिक्किम राज्यबाट डाक्टर नेचर आयुर्वेदिक टोली,
खरसाङको पाँच नम्बर वार्डस्थित सामी लाखाङ गुम्बाका धर्म गुरू पेम्बा रिम्पोर्छे, उनकी पत्नी जोत्सना लामा, खरसाङ दिलारामबाट जोनाथन खवास पनि उपस्थित रहेका थिए।

उक्त टोलीले चन्द्रमानधुराका पैह्रो पिढित परिवारहरुलाई चाहिने सर सामानहरु साथै विभिन्न आवश्यक सामग्रीहरु प्रदान गरिएको जानकारी प्राप्त भएको छ। यस क्रममा यस टोलीले पैह्रो पिढीतहरुलाई न्यानो लुगाहरु, भाँडाकुँडाहरु साथै विभिन्न आवश्यक सामग्रीहरु प्रदान गरिएको जानकारी प्राप्त भएको छ। यस विषयमा सिक्किमबाट आएका डाक्टर नेचर आयुर्वेदिक टोलीको तर्फबाट एकजनाले पैह्रो पिढीतहरुलाई सहयोग गर्न आएको बताएका छन्। त्यसरी नै बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले चन्द्रमानधुराको पैह्रो पिढीतहरुलाई भेट्न आएको बताउँदै पैह्रो पिढीतहरुलाई राहत सामग्रीहरु भन्दा पनि घर निर्माण महत्वपूर्ण रहेको बताएका छन्‌। उनले सम्बन्धित विभागलाई अनुरोध गर्दै पैह्रो पिढीतहरुको लागि झट्टै घर निर्माण गरिदिएर पुनर्वास गरिदिने आह्वान् गरेका छन्।

यस अवसरमा स्थानीय पवन सुब्बाले पत्रकारहरुसित कुराकानी सरकारबाट धेरै सहयोग पाईरहेको भए पनि साथै विभिन्न संघ संस्थाबाट पनि सहयोगहरू पाईरहेको र आज पनि सहयोग प्राप्त भएको बताए। उनले हामीले राहत सामग्रीहरु पाईरहेका नै छौँ तर पैह्रो पिढीतहरुलाई पुनर्वासको व्यवस्था मुख्य रहेकोले पैह्रो पिढीतहरुलाई झट्टै घर बनाई दिएर पुनर्वास गरिदिने निवेदन गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement