गोर्खाल्याण्ड विषयलाई लिएर काङ्लातुम्बी अनि इम्फालका गोर्खा समूहसँग गोर्खाल्याण्ड एक्टीभिष्ट समूहको भेट-वार्ता

IMG-20251028-WA0168

खरसाङ: गोर्खाल्याण्ड गठनको निम्ति समग्र भारतीय गोर्खाहरुमाझ वैचारिक एकता ल्याउने प्रयासमा लागि परेका गोर्खाल्याण्ड एक्टीभिष्ट समूहका तीन सदस्यीय टोलीले मंगलवार मणिपुर राज्यका काङ्लातुम्बी अनि इम्फालका सचेत गोर्खा सन्तानहरुसँग भेट गरेर गोर्खाल्याण्ड गठन विषयमा गहन विचार विमर्श गरेको जानकारी प्राप्त भएको छ। उत्तर पूर्वी राज्यहरुको भ्रमणमा रहेको गोएस टोलीको यो दोस्रो दिनको भ्रमणमा पनि काङ्लातुम्बी अनि आईजलका गोर्खाहरुबाट सकारात्मक प्रतिक्रिया पाएको छ।

गोर्खाल्याण्ड भारतीय गोर्खाहरुको राजनैतिक सुरक्षाको निम्ति एकदमै आवश्यक रहेको मणिपुरका गोर्खाहरुले पनि महसुस गरेको बताउँदै गोर्खाल्याण्ड राज्य गठनको निम्ति गोएसको वैचारिक सिद्धान्तका कुराहरु बुझ्ने प्रयास गरे। आफुहरु माथी राजनैतिक सङ्कट आई पर्दा आवाज उठाई दिने कोही नहुने र आफुहरु टुहुरो जस्तो महसुस गर्न परेको अनि वर्तमान भन्दा पनि भविष्य झनै सङ्कटमा देखिन्दै गएकोले पुस्तौं पुस्ता देखि यहाँ बस्दै आएका धेरै जसो गोर्खा सन्तानहरु राजनैतिक सुरक्षा खोज्दै आफुहरुलाई सुरक्षित लाग्ने ठाउँहरुतीर पलायन भएर गई सकेको उनीहरुले बताए। राजनैतिक सुरक्षाको निम्ति यो पलायनको क्रम अझै पनि चलि रहेकोले मणिपुरमा गोर्खाहरुको अस्तित्व अझै सङ्कटमा पर्ने डरले उनीहरूलाई सताई रहेको बताए। यस्तो अवस्थामा यदि अलग राज्य गोर्खाल्याण्ड गठन गर्न सके यस्तो सङ्कट, भय एवम् त्रासबाट मुक्त हुन सकिने र आफुहरु राजनैतिक रुपले सुरक्षित बन्ने मन्तव्य पोख्दै गोएसको पहललाई स्वागत जनाए।

काङ्लातुम्बीपछि ईम्फालमा बसेको कोठे भेटघाटमा पनि स्थानीय सचेत समूहसँग फलदायी अन्तर्क्रिया भएको जानकारी प्राप्त भएको छ। मणिबहादुर मिश्र, अर्जुन जोगी, शिव बस्नेत अनि अन्य धेरै सचेत गोर्खाहरुको उपस्थितिमा गोर्खाल्याण्ड गठनको उपायहरूमाथि निक्कै गहन अनि गम्भीर चर्चा गरिएको संयोजक किशोर प्रधानले जनाएका छन्। संयोजक प्रधानसँगै समूहका सह-संयोजक बिक्रम छेत्री अनि अभियन्ता जोकमान थापा अहिले भेट वार्ता गर्न उत्तर पूर्वी राज्यको भ्रमणमा रहेक छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement